न्यूज टुडे
राजविराज, ०१ माघ ।
सप्तरीसहित देशभर मंगलबार माघे सङ्क्रान्ती हर्षोल्लासको साथ मनाइएको छ । नेपालमा यो पर्व प्रत्येक वर्ष माघ महिनाको १ गते मनाउने चलन रहेको हो।
माघे सङ्क्रान्तीको दिनदेखि मौसम परिवर्तन भइ गर्मी प्रवेश हुने अग्नीसाइर कृष्णासवरन २ की ८६ बर्षीय सुकमाया तामाङ बताउछिन् ।
‘यस दिन सूर्य मकर राशीमा प्रवेश गर्छ । जसलाई नेपालमा माघे सङ्क्रान्ती भनिन्छ।’ उनले भनिन्, ‘यस दिन विशेष घ्यू, चाकु, तिलका परिकार, खिचडी खानपान खाने गरिन्छ।’
‘माघे सङ्क्रान्तीको अवसरमा भक्तजनहरु नदीमा स्नान गरने परम्परा रहेको छ। यस दिनको महत्व विशेष गरी कृषक वर्गका लागि धेरै हुन्छ, यो चिसो को मौसमबाट गर्मीको मौसममा प्रवेश गर्ने संकेत हो।’ उनी अनुभव सुनाउछन् ।
यस अवसरमा, आशीर्वाद र सुख-शान्तिको कामना गरेर मित्र तथा परिवारसँग समय बिताउने परम्परा रहेको उनको भनाइ छ ।
‘यो दिन विशेष गरी तिल र गुड़को सेवन गर्ने परम्परा छ, जसले शरीरलाई उर्जा र सन्तुलन प्रदान गर्ने विश्वास छ।
धार्मिक दृष्टिले पनि यो पर्व महत्वपूर्ण छ।” उनी सुनाउछिन, ‘विभिन्न मन्दिरहरूमा पूजा-अर्चना र हवन कार्यक्रमहरू आयोजना गरिन्छ। कृषि कर्ममा संलग्न किसानहरूका लागि यो समय नयाँ वर्षको आरम्भको रूपमा लिइन्छ, र यसले राम्रो उत्पादन र समृद्धिको शुभकामना दिने दिन मानिन्छ।’
माघे सङ्क्रान्ती अवसरमा थारु तथा मगर समुदायले विभिन्न कार्यक्रम उत्सव, महोत्सव तथा सार्वजनिक कार्यक्रम गरि मनाउँछ्न ।
साथै, माघे सङ्क्रान्तीको अवसरमा विभिन्न स्थानमा मेलाहरू, मेला आयोजकहरू, र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसमा लोक गीत, नाच, र भजन कीर्तनको मजा लिन सकिन्छ। यस पर्वको माध्यमबाट आपसी सद्भाव र भाइचारा पनि प्रवर्धन हुने जनविश्वास रहेको छ ।