• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मेग्जीन चौरियामा दोश्रो कोशीधाम महोत्सव

मेग्जीन चौरियामा दोश्रो कोशीधाम महोत्सव
शिवप्रसाद आचार्य
फत्तेपुर, २९ पुस ।
सप्तरीको सप्तकोसी नगरपालिका ६ स्थित मेग्जीन चौरियामा दोश्रो कोशीधाम (पुसी पुर्णिामा) महोत्सव आयोजना गरिएको छ । थारु संस्कृति संरक्षण संघ नेपाल केन्द्रीय समितिले सोमबार दोश्रो कोशीधाम महोत्सव आयोजना गरेको हो ।
कोशीधाम महोत्सवमा मञचासीन प्रमुख अतिथि मेयर ढकालसहित अतिथिगण । फोटो : न्यूज टुडे
थारु संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय संस्थापक अध्यक्ष एवम् साँस्कृतिक अभियानता गयानन्द चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित कोशीधाम महोत्सवमा थारु भाषाको पौराणिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । 
कोशीधाम महोत्सवमा नृत्य प्रस्तुत गर्दै थारु संस्कृति संरक्षण संघ नेपाल आवद्ध कलाकार । फोटो : न्यूज टुडे

कोशी किनार स्थित प्रख्यात ऎतिहाँसीक मेग्जीन चौरिया मेलामा आयोजित कोशीधाम महोत्सवमा प्रमुख अतिथि मेयर ढकाल, उपमेयर रिता कुमारी चौधरी, पूर्व साँसद लक्ष्मी कुमारी चौधरी,थाकसकी पुर्व केन्द्रीय उपाध्यक्ष रामवती चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, थारु संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय उप-महासचिव एवम्  प्रवक्ता राम कुमार चौधरी, केन्द्रीय सदस्य जवाहार चौधरी, सप्तरी जिल्ला अध्यक्ष तेज नारायण चौधरी, उदयपुरका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
महोत्सवमा थारु गीत विरहैन् चौरचौर,हेमती मलार भिभाष, धुमैर,मौहाँउषी स्तु,झुमारा, साखी,बाँहन खेदुखाँ, पताती  भिभाष लगायतका थारु संस्कृतिमा आधारित विभिन्न गीत, संगीत तथा छोटकी राष, बडकी राष, सोरौठ नाँच, मान नाँचको थारु पौराणिक गित तथा नृत्य प्रस्तुत गरिएको थियो । 
‘थारु कला, संस्कृति’ भेषभूषा’ अपन पहिचान धोती कुर्ता पगरी थारुके सान’ भन्ने मुल नाराको साथ आयोजित कार्यक्रममा थारु संस्कृति संरक्षण संघ नेपाल आवद्ध राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
ऎतिहाँक धार्मिक, साँस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको मेग्जीन चौरिया मेलाको विकास र संरक्षणका लागी सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उदेश्यले साँस्कृतिक महोत्सव आयोजना गरिएको साँस्कृतिक अभियानता चौधरीले जानकारी दिए ।  गतबर्षदेखि प्रारम्भ गरिएको कोशीधाम महोत्सव आगामी बर्षहरुमा पनि निरन्तरता दिने चौधरीले बताए । 
थारु संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय सदस्य उमाकान्त चौधरी र सप्तरी जिल्ला कोषाध्यक्ष गौरी चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत केन्द्रीय महासचिव किशोर कुमार लेखीले गरे । 
कोशीधाम महोत्सवमा सप्तरी, सिरहा, उदयपुरलगायतका देशभरका साँस्कृतिक अभियानताको सहभागी रहेको थियो ।