• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समाजवादी विद्यार्थी युनियनको जिल्ला अधिबेशन माघ २५ गते हुने

समाजवादी विद्यार्थी युनियनको जिल्ला अधिबेशन माघ २५ गते हुने
न्यूज टुडे
राजविराज, २८ पुस । 
जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीको  जिल्ला अधिबेशन  माघ २५ गते हुने भएको छ ।  समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष संजय कुमार यादवको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रमेश कुमार यादवको विशेष उपस्थितिमा राजविराजमा मंगलबार आयोजित बृहत बैठकले उक्त निर्णय गरेको हो । 
बैठकमा सहभागी जसपा नेपाल सप्तरी अध्यक्ष केदार प्रसाद यादवसहित विद्यार्थी नेताहरु । फोटो : न्यूज टुडे
बैठकले अधिबेशन सम्पन्न गर्न  केन्द्रीय सदस्य श्याम कुमार यादवको नेतृत्वमा ९ सदस्यीय संगठन बिभाग गठन गरेको छ। 
यादव प्रमुख रहेको विभागको सदस्यहरुमा रंजित कुमार यादव , अनिल साह, बिकास मण्डल, बिनय यादव , सर्निता यादव , मेनुका साह, अनिल यादव , संतोष पंडित रहेका छन् ।
जिल्ला कमिटी बैठकको मुख्य बक्ताको रूपमा जसपा नेपाल सप्तरीको जिल्ला अध्यक्ष केदार प्रसाद यादव, बिशेश उपस्थिति समाजबादी विद्यार्थी युनियन नेपालको केन्द्रिय अध्यक्ष यादव, केन्द्रिय उपाध्यक्ष बिशेश्वर मण्डल, केन्द्रिय उपाध्यक्ष मनिष कुमार यादव , केन्द्रिय सचिव तारकेश्वर प्रसाद यादव सहितका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।