सप्तरी उधोग वाणिाज्य संघद्वारा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको छ । उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालको अध्यक्षता तथा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण कुमार प्रधानको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच उनीहरुलाई सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
उधोग वाणिज्य संघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधान, अध्यक्ष अग्रवाल, उपाध्यक्ष दुर्गानन्द प्रसाद साह लगायतका संघका पदाधिकारीले महासंघका नवनिर्वाचित पदाधिकारीलाई माला, गम्छा ओढाएर तथा सम्मान-पत्र प्रदान गरि सम्मान गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रधान, पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता कुमारी साह, जिल्ला अध्यक्ष श्रवण कुमार देव, राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्द लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
जेसीजका केन्द्रीय उपाध्यक्ष काबरालाई सम्मान पत्र र माला गम्छाले सम्मान गर्दै केन्द्रीय सदस्य प्रधान र सप्तरी अध्यक्ष अग्रवाल । फोटो : न्यूज टुडे
उक्त अवसरमा केन्द्रीय सदस्यमा नवनिर्वाचित सदस्य ललिता साह, राजु विश्वकर्मा, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, तथा जेसीजका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष उज्ज्वल काबरालाई समेत माला, गम्छा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीको गत २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनबाट श्रवण कुमार देव निर्वाचित भएका थिए । उनी निकटतम प्रतिद्वन्दी वैद्यनाथ यादवलाई ८ मतले पराजित गर्दै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
देवले ४५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी बैधनाथ यादवले ३७ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्ष रामनारायण विश्वास र अनिल पोखरेलले समान ४२ मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा विश्वास विजयी भएका थिए । महिला उपाध्यक्ष सुधा देवले ५३ मत प्राप्त गरि विजयी भएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी मन्जु यादवले ३१ मत प्राप्त गरेकी थिइन् ।
यसैगरी सचिवमा खगेन्द्र कार्कीले ४९ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र झाले ३४ मत प्राप्त गरेका थिए । सह सचिवमा कृष्णा मण्डलले ४९ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी दिनानाथ यादवले ३४ प्राप्त गरेका थिए । सहसचिव ( समावेशी ) मा डम्मर राईले ४४ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी विद्यानन्द रामले ३९ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा नविन गुप्ता ४९ मत प्राप्त गरि विजयी भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी गोपाल गुप्ताले ३२ मत प्राप्त गरेका थिए ।
यसैगरी समावेशी (मधेसी ) सदस्यमा अरुण कुमार यादवले ५१ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी कृष्णदेव यादवले २७ मत प्राप्त गरेका थिए । सदस्य अन्यमा परिष कुमार कर्णले ५१ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी भूषण कुमार सिंहले ३२ मत प्राप्त गरेका थिए ।
यसैगरी खुल्ला सदस्यहरुमा रामनारायण यादव,नर्मदेव यादव, उत्तम आचार्य, शिव आचार्य निर्वाचित भएका थिए । रामनारायणले ४८ मत, नर्मदेवले ४६ मत, उत्तमले ४६ मत, शिवले ४३ मत, धर्मपाल राउतले ३५ मत,राजेन्द्र मिश्रले ३० मत, गंगा साह २९ मत र विन्दु यादवले २७ मत प्राप्त गरेका थिए ।
यसैगरी प्रदेश परिषद सदस्यमा अरुण तिवारी ५७ मत, गणेशलाल देव ५३ मत,पवन मिश्र ५३,नरेश चौधरी ५०, शैलेन्द्र झा ५२ मत , लोकेन्द्र यादव ४२ मत प्राप्त गरि विजयी भए भने आनन्दमोहन शर्मा,२९ मत, भुपेन्द्र मण्डल ३०, महेन्द्र मण्डल बनवारीले २६ मत प्राप्त गरेका थिए।
यसैगरी राष्ट्रिय परिषद सदस्यमा मनोज कुमार माझी ४८ मत,सतिष दत्त ४५ मत प्राप्त गरि विजयी भएका छन् भने उनीहरूका निकटतम प्रतिद्वन्दी सुमन मिश्र ३१, देवराम यादवले ३१ मत ल्याएका छन् ।
यसैगरी बृजमान तामाङ, किशोर कुमार पासवान र रक्षा चौधरी सदस्यमा निर्विरोध चयन भएका थिए भने राष्ट्रिय परिषद सदस्यमा ढमला भट्टराई चयन भएकी थिइन् ।