आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड महुलीको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको अध्यक्षता तथा मधेश प्रदेशका भुमीव्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो ।
आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री क्ष्रेत्री, मन्त्रालयका सचिब विनय कुमार, अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद कुमार दत्त,त्रियुगा सहकारी संस्था फत्तेपुरका अध्यक्ष चन्द्रशेखर चौधरी, महुली सामुदायिक विकास केन्द्र बकधुवाकी उपाध्यक्ष सावित्री चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
साधारणसभा सहभागी शेयर धनी तथा कर्मचारी । फोटो : न्यूज टुडे
साधारणसभामा अध्यक्ष दिपेन्द्र कुमार आचार्यले अध्यक्षीय, व्यवस्थापक बोधराज सुवेदीले व्यवस्थापकीय, लेखापाल राजकुमार आचार्यले र लेखा समिति संयोजक दुर्गादत्त अधिकारीले लेखा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले विद्यालय, उपभोक्ता भण्डार समितिका संयोजक डिक बहादुर मगरले उपभोक्ता भण्डार, डेरी उधोग समिति संयोजक नारायण काफ्लेले डेरी उधोग प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले आव २०८१/०८२ को लागि ६० करोडको बजेट, नीति, योजना तथा कार्यक्रम पारित गरिएको छ । प्राङ्गरिक मल, वीउवीजन, उन्नत पशु नश्ल सुधार, सहकारी शिक्षा, पशु तथा मानव स्वास्थ्य, घाँस उत्पादनलगायतका ३५ बुँदे नीति, योजना तथा कार्यक्रम पारित गरिएको व्यवस्थापक सुवेदीले जानकारी दिए ।
उक्त अवसरमा असल ॠणी,बढी दूध उत्पादक, गोठ तथा भाँडा सरसफाइ, सक्रिय व्यपारी व्यवसायी,जेहेन्दार कर्मचारी गरि १४ जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि मन्त्री क्षेत्रीले दोसल्ला ओढाएर तथा प्रशंसा-पत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा शेयरधनीहरुलाई सदस्यता प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
संस्थाका व्यवस्थापक बोधराज सुवेदीद्वारा संचालित कार्यक्रममा स्वागत आदर्श माद्यामिक विद्यालय महुलीका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले गरेका थिए ।