गठित समितिको उपाध्यक्षमा सुमेश चौधरी, सचिवमा रंजित चौधरी, उपसचिवमा पुजा चौधरी, कोषाध्यक्षमा प्रभुनारायण चौधरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा अमन दाहाल,प्रदुमन चौधरी, विमला मल्ल, जिवस चौधरी, सुनिल चौधरी, दिवस लेखी,सरोज चौधरी र असानन्द चौधरी निर्वाचित भएका छन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी, राष्ट्रिय युवा संघ नेपाल विशेष प्रदेश कमिटीका अध्यक्ष सुजन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।