उत्तम आचार्य
कञ्चनरूप, २१ मंसिर ।
सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकामा कार्यरत अस्थायी कर्मचारीहरुको एक टोलीले मधेस प्रदेश सरकारको गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीलाई ज्ञापनपत्र बुझाएका छन् ।
आफुहरु बिगत लामो समय देखी विभिन्न निकायमा अस्थायी नियुक्ति पाई कामकाज गर्दै आईरहेकोमा स्थायी गरि दिन माग गर्दै उनीहरुले शुक्रबार मन्त्री लेखीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बि.सं.२०७४ सालमा देशमा संघीयता लागू भए पश्चात् विभिन्न समयमा कर्मचारी समायोजन भई स्थानीय निकायहरुमा पनि लामो समयसम्म कार्य सम्पादन गर्दा पनि हामीलाई स्थायी नगरेको दुखेसो पोख्दै अस्थायी कर्मचारीहरुलाई स्थायी गरिदिन मन्त्रीलाई आग्रह गरेको ज्ञापनपत्र बुझाउने टोलीका अशोक केसीले बताए ।
अस्थायी कर्मचारीहरुलाई राज्य पक्षले स्थायी नगरी विभिन्न सेवा सुबिधाहरुबाट बन्चित गर्दै आईरहेको छ ।
मन्त्री लेखीले ज्ञापनपत्र बुझ्दै अस्थायी कर्मचारीहरुलाई चाडै नै उचित व्यवस्थापन गर्दै उनीहरुको पेशागत हकहितको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।