सप्तरीका उत्तरी भेगमा जंगली हात्तीको आतंक फेरि सुरु भएको छ ।
वर्षेनी जसो जाडो याममा आउने गरेका जंगली हात्तीबाट क्षति ब्यहोर्दै आएका जिल्लावासीहरुले यस वर्षको जाडो यामभरि फेरि रात्री जाग्राम बसेर नै समय बिताउनु पर्ने लक्षण देखिन थालेको छ । सप्तरीका उत्तरी क्षेत्रस्थित ग्रामीण वस्तीमा विगतमा पनि जंगली हात्तीको समूह पसेर क्षति पु¥याउनाका साथै सर्वसाधारणको ज्यानै जोखिममा पर्ने अवस्था रहकै हो । कतिले हात्तीको आक्रमणबाट ज्यानै गुमाईसकेका छन् । हात्तीले आक्रमण गरेको केही दिनसम्म यो विषयले चर्चा पाउँछ । सुरक्षाका बारेमा बहस चल्छन्,आश्वासन र प्रतिबध्दता पनि खुबै आउँछन् । तर हातलागि शून्य भने झैं जनताको सुरक्षाकालागि काम नभएका कारणले फेरि पनि उही समस्या बल्झिने गरेको छ । पछिल्लो चरणमा जंगली हात्तीले सुरुंगा नगरपालिकाका एक जनाको घर भत्काईदिएको छ । हनुमाननगर कंकालिनी,कञ्चनरुप, सप्तकोशी, शम्भुनाथ, खडक नगरपालिका तथा अग्निसाईर कृष्णसबरण, रुपनी गाउँपालिकामा जंगली हात्तीले बढी विध्वंश मच्चाउने गरेको छ । हुलमा आउने हात्ती प्राय रातीको समयमा वस्तीमा पस्ने भएका कारण वर्षौं अघिदेखि जाग्राम बस्दै आएका सप्तरीवासी जनताले राम्ररी निदाउन पाऊन् भन्नाकालागि पनि यो समस्याको शिघ्र समाधानको आवश्यकता रहेको त हो । तर जिम्मेवार पक्षले नै जनताका यस्ता समस्यालाई गम्भीरताका साथ नलिईदिँदा उनीहरुले त्रासमा बाँच्नु परिरहेको अवस्था छ ।
समस्यालाई यथाबत राखेर समय मात्र बिताउनाले त्यसको समाधान निस्कने होईन । जनताले पाएको दुःख सास्ती, त्रासबाट मुक्त गराउनकालागि यो समस्यालाई गम्भीरताका साथ लिन आवश्यक छ ।