न्यूज टुडे
राजविराज, २१ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पक्राउ परेका छन्। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साह बिहीबार शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
हत्याको आरोपमा वडाध्यक्ष साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो।
वडाध्यक्ष साहलाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी ढकालले जानकारी दिए ।