• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
शिव आचार्य
राजविराज, २० मंसिर । 
सप्तरीको सप्तकोसी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको १५औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।  मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा बिहिवार आयोजित एक समारोहका वीच प्रतियोगिता समापन गरिएको हो । 
१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
ओद्राहाको खेल मैदानमा सम्पन्न  प्रतियोगितामा १३ स्वर्ण,७ रजत  र ४ कास्य गरी कुल २४ पदकका साथ गोवर्धन बैरागी जनता मावि फत्तेपुर प्रथम भएको छ भने  ७ स्वर्ण ७ रजत र ५ कास्य गरी कुल १९ पदकका साथ मावि ओद्राहा  द्वितीय हुन सफल भए भने ३ स्वर्ण ८ रजत र ५ कास्य गरी कुल १६ पदक का साथ  राष्ट्रिय मावि तेस्रो हुन सफल भए ।  जनता मावि भगनीले भने ३ स्वर्ण,४ रजत र ७ कास्य गरी कुल १४ पदकका साथ सान्त्वनामा चित्त बुझायो।
विभिन्न २७ खेल आयोजना गरिएको उक्त प्रतियगितामा विजयी खेलाडीहरुलाई मधेश प्रदेशका गृह,कानुन तथा सञ्चार मन्त्री लेखीले विद्यार्थीलाई हौसला दिँदै  पुरस्कार वितरण गरेका थिए।
समापन समारोहमा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल,उपप्रमुख  रिता चौधरी, निवर्तमान नगर प्रमुख उत्तम गौतम,एमाले नगर अध्यक्ष पारस दाहाल,वडा अध्यक्षहरु जाहिर हुसेन,देबकान्त गाेजेवार,जयराम खंग,गोसाई चौधरी लगायतको उपस्थिति रहेको थियो।