न्यूज टुडे
राजविराज, २० मंसिर ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री
राजकुमार लेखीले राजविराज कारागारको अनुगमन गरेक छन् । मन्त्री लेखी नेतृत्वको जिल्लाका उच्च अधिकारीहरुले बिहिवार सप्तरी,कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेषको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
मन्त्री लेखी नेतृत्वको टोलीले सप्तरी,कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेषको अनुगमन गरी कैदी/बन्दीहरुसँग प्रत्यक्ष भेटघाट गरी अन्तरक्रिया गरेका थिए । उनले कारागारमा रहेका कैदीबन्दीहरूको समस्या र कारागारको जग्गा अतिक्रमण बारे जानकारी लिएका छन् ।
टोलीमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका प्रमुख उप-अनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, सशस्त्र प्रहरी गण नं. ६ का गोरगामाका सशस्त्र प्रहरी नायव उपरीक्षक बिपन देसार लगायतका जिल्लाका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।