सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नम्बर ३ हटैलका नेकपा एमालेका युवा नेता मो. कलामुदिन जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ द्वारा बिहिवार आयोजित एक कार्यक्रमको वीच कलामुदिन एमाले परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्।
उनलाई जसपा नेपालका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका पूर्व साँसद विदेश्वर प्रसाद यादव ( विक्की) लगायतकाले टीका माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
एमालेबाट निर्बाचित डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले मंसिर १६ गते सम्पन्न उपनिर्बाचनमा विजयी जसपा नेपालका वडा नम्बर १ का अध्यक्ष धिरेन्द्र कुमार साह र वडा नम्बर ४ का अध्यक्ष देबेन्द्र यादवलाई सपथ गराइरहँदा कलामुदिन जसपा नेपाल प्रवेश गरे ।
उनले एमाले मधेस बिरोधी पार्टी भएको आरोप लगाउदै परित्याग गरी मधेसीको अधिकारका लागि संघर्ष गर्ने पार्टी जसपा नेपालमा प्रवेश गरेको बताए ।
कार्यक्रममा जसपा नेपालका केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा स्थानीय नेताकार्यकर्ताको समेत उपस्थिति थियो ।