• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाक्नेश्वरी नगरपालिका  १ र ४ मा मतदान सुरु

डाक्नेश्वरी नगरपालिका  १ र ४ मा मतदान सुरु
न्यूज टुडे
राजविराज, १६ मंसिर । 
स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा मतदान सुरु भएको छ । रिक्त दुई वडा अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो ।
आइतबार विहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । 
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडाइ गरिएको प्रजिअ दाहालले बताए । उनले सुरक्षा अवस्थालाई व्यवस्थित गर्न मतदान स्थलमा आफैले अनुगमन गरिरहेको बताए ।