• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाक्नेश्वरी नगरक्ष्रेत्रका सिमा नाका बन्द

डाक्नेश्वरी नगरक्ष्रेत्रका सिमा नाका बन्द
न्यूज टुडे
राजविराज, १४ मंसिर । 
स्थानीय तह उपनिर्वाचनको सुरक्षा संबेदनसिलतालाई मध्यनजर गर्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका क्षेत्र अन्तर्गतका नेपाल-भारत सिमा नाकाबाट आवतजावत पूर्ण रुपले बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा शुक्रबार एक सूचना जारी गर्दै उपनिर्वाचनलाई लक्षित गरी शुक्रबार देखि आइतबार साँझ ५ बजेसम्म सिमा नाकामा आवतजावत पूर्ण रुपले रोक लगाएको जनाएको हो । 
उपनिर्वाचनमा सुरक्षा संबेदनसिलतालाई मध्यनजर गरी मंसिर १४ गतेदेखि १६ गते साँझ ५ बजेसम्म डाक्नेश्वरी नगरपालिका अन्तर्गतका सम्पुर्ण सिमा नाकाहरुमा आवतजावत पुर्ण रुपले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित सूचना उल्लेख छ । 
डाक्नेश्वरी नगरपालिका १ र ४ मा उपनिर्वाचन हुँदैछ  ।  वडा अध्यक्ष पदका लागि मंसिर १६ गते साँझ ५ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन कार्यालयले जनाएको छ । 
डाक्नेश्वरी नगरपालिकाका दुबै वडाका मतदान केन्द्रलाई अति संबेदनसिल क्ष्रेत्र घोषणा गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।