न्यूज टुडे
जनकपुरधाम, १४ मंसिर।
मधेश प्रदेशका गृह,सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चाका (भूमिगत समुह) संयोजक जयकृष्ण गोइतले आफुलाई भारतीय नम्बरवाट हवाटसऐपमा फोन गरी आर्थिक सहयोग माग गरेको र आफुले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको बताएका छन् । गृह ,सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशको सभाहलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखीले आफुलाई गोइतले पटक पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफुले दिन अस्विकार गरेपछि तेस्रो पटक आफुलाई फोन गर्दा धम्की पुर्ण तबरले तपाइले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ भनेर मलाई धमकी दिएको र यस वारेमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी गराइसकेको बताए ।
उनले आफुले चार जिल्ला रौतहट,धनुषा,सिरहा र सप्तरीका केही प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको अवलोकन निरिक्षण गर्दा प्रहरी इन्चार्जहरुनै प्रहरी अनुसाशनको पालना नगरेको पाइएको भन्दै नागरिक प्रति जिम्मेवार भएर कामकाज गर्नका लागि सुरक्षा वैठकमा प्रहरी अधिकारीहरुलाई आग्रह गरेको बताए । उनले आफु पारदर्शी कार्यक्रमहरु गर्न खोज्दा एउटा मिडियाले भक्ताकै लागि कार्यक्रम गरेको भनेर भ्रम फैलाउने किसिमले समाचार समप्रेसन गरेको भन्दै भत्ताको निमित्त नभएर सचेतनाको लागि मन्त्रालयले कार्यक्रम गरेको दावी गरे ।
उनले सरकारको कमी कमजोरीको वारेमा औल्याउनु राम्रो कुरा भएपनि पित पत्रकारिता गर्नु राम्रो कुरा नभएको भन्दै आक्रोश व्यक्त गरे ।
हामी सबैले अचार सहिंताको पालना गर्नु पर्नेमा जोड दिदै उनले मन्त्रालयले आफु आएको चार महिनामा चार वटा कार्यक्रम मात्रै गरेको पत्रकारहरुलाई जानकारी गराए ।
उनले जनकपुरधाममा मनाइने साताव्यापी सिता राम विवाह पञ्चमी महोत्सव र बाराको गढीमाइ मेलामा बाहिरबाट आउने तिर्थयात्री र श्रद्धालुहरुको सहजताको लागि सरोकारवाला विभिन्न पक्षसँग समन्वय भइरहेको र बाराको बरियारपुरमा मंसिर १५ गते शनिबार ११ वजे सुरक्षा वैठककै आयोजना गरिएको बताए । उनले विवाह पञ्चमी महोत्सवमा १४ सय भन्दा बढी सुरक्षा कर्मी जनकपुरधाममा परिचालन गर्ने स्थानीय प्रशासनले जानकारी गराएको बताए ।