• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरकारी कार्यालयमा हुने गरेको बिचौलियाहरुको चलखेल रोक्ने कार्यको थालनी आफ्नै कार्यालयबाट सुरु गरेको बताएका छन् ।
बुधबार स्थानीय सञ्चारकर्मीहरुसितको कुराकानीका क्रममा उनले बिचौलियाका कारणले नै कर्मचारी समक्ष घुस पुग्ने गरेको भन्दै स्वच्छ प्रशासन र पारदर्शिता कायम गर्न यस्तो कार्यको थालनी गरेको उनको दावी छ । हो, कार्यालय अगाडिको सडक पेटीमा काम गराई दिने भन्दै सेवाग्राहीसित पैसा लिने अनि जिल्ल प्रशासन कार्यालयमा पसेर फाँटफाँटमा पुगी साँठगाँठ गर्ने परिपाटी रहेको भन्दै विगतमा यसबारे निकै जनगुनासो नउठेको होईन । कार्यालयहरुमा विचौलियाको चलखेल बढेको भन्दै ‘सेवाग्राहीलाई स्वागत तथा विचौलियालाई प्रवेश निषेध’ जस्ता कुरा लेखेर नै राख्ने गरिएको कुरा कतिपय सरकारी कार्यालयमा देखिएको पनि हो । प्रजिअ दाहालले विचौलिया निषेध लगायत कार्यालयमा सुधारका केही पक्षलाई समेटेर अन्य सरकारी कार्यालयहरुमा समेत पत्राचार गरेको जानकारी दिएका छन् । कार्यालयमा आउने कर्मचारीहरुले अनिवार्य पोशाक लगाउनु पर्ने, कार्यालयमा जथाभावी हुने गरेको फोहोर गर्ने प्रवृत्तिमाथि रोक लगाउनुपर्ने लगायतका विषयवस्तु समेटेर पत्राचार गरिएको उनले जानकारी दिएका छन् ।
जिल्लाको प्रशासन प्रमुखको हैसियतमा उनले गरेको प्रयास कार्यान्वयन हुन सके त्यसको सकारात्मक परिणाम आउने अपेक्षा लिन सकिन्छ ।