न्यूज टुडे
राजविराज, १२ मंसिर ।
मोरङ्गको विराटनगरमा आगामी मंसीर १५ गते मान इन्टरनेशल अवार्ड कार्यक्रम गर्ने तयारी गरिएको छ । मैथिली एसोसिएशन नेपालको आयोजनामा मान इन्टरनेशनल अवार्ड कार्यक्रम भव्यतापूर्वक गरिने भएको हो ।
विराटनगरमा आगामी मंसीर १५ गते हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष प्रवीण नारायण चौधरीले बताए ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले कार्यक्रम बारे जानकारी गराएको हो ।
मान इन्टरनेशनल अवार्ड कार्यक्रम बारे जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नेपाल र भारतका गरी ६० जना व्यक्तित्वलाई मान इन्टरनेशनल अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए।
अवार्ड वितरण कार्यक्रममा ४५ जना सेलिब्रेटीलाई गेष्ट अफ अनरबाट सम्मानित गर्ने तयारी गरेको अध्यक्ष चौधरीले बताए ।
मैथिली एशोसिएशन नेपाल विराटनगर सहित नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा मैथिली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा काम गर्दै मिथिलाको धरोहरको संरक्षण हुनुपर्ने आवाज उठाउँदै आएको छ ।