• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चार सय ६ जनाको मोतियाबिन्दुको शल्यक्रिया

चार सय ६ जनाको मोतियाबिन्दुको शल्यक्रिया
उत्तम आचार्य 
सप्तरी, १२ मंसिर ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर-१२ स्थित रुपनगरमा आयोजित आँखा शिविरमा  मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । आँखाका बिरामीहरूको सुविधाका लागि संचालित तीन दिने आँखा शिविरमा ४ सय ६ जना मोतियाविन्दुका विरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । 
शिविरमा सहभागी आँखाका रोगीहरु । फोटो : न्यूज टुडे
तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगर , कञ्चनरुप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरको संयुक्त आयोजनामा गरिएको तीन दिने निशुल्क विशेषज्ञ शिविरमा ४ सय ६ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तथा २ जनाको टेरिजियमको अप्रेसन गरिएको छ ।
कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरको भवनमा तीन दिनसम्म सञ्चालित शिविरमा महिला २  सय २५ जना  र पुरुष १ सय ८१ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तिलगंगा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले जानकारी दिए । 
सप्तरीको विभिन्न स्थानीय तहबाट छनौट गरेर आँखाका मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको आयोजक कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिए। 
उनका अनुसार सम्पन्न शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका चिकित्सक श्याम ब्यास नेतृत्वको आँखा चिकित्सक टोलीले शल्यक्रिया सहितको उपचार गरेका थिए ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले आँखाको महत्व विशेष रहेका कारण यसको संरक्षण र स्याहारमा ध्यान दिनुपर्ने बताए । 
शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरूलाई निःशुल्क औषधी वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना गरिएको थियो।