• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
संसदीय टोली राजविराजमा
न्यूज टुडे
राजविराज, १२ मंसिर । 
थुनुवाको अवस्था बारे अनुगमन तथा संशोधनको क्रममा रहेको फौजदारी अपराध संहिताको परिमार्जनको लागि आबश्यक छ्लफल चलाउन साँसदहरुको एक टोली सप्तरी आइपुगेको छ । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितीको ६ सदस्यीय टोलीले बुधबार राजविराजमा पत्रकारहरुसित  यस सम्बन्धि अन्तरक्रिया समेत गरेको छ । 
समितिकी सभापति विमला सुवेदी सहित टोलीमा साँसद पुष्प बहादुर शाह, शेर बहादुर पुन, रन्जु कुमारी ठाकुर, नगिना यादव र प्रतीक्षा तिवारीलगायतको सहभागीता छ । 
सभापति सुवेदीले हिरासतका थुनुवाको अवस्था र संघले बनाएका कानूनको अवस्था तथा चुनौतीको बारे मधेस प्रदेशका बारा,रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा र सप्तरीमा पुगेर अन्तरक्रिया गरिएको बताइन् । 
टोलीलाई स्थानीय संचारकर्मीहरुले थुनुवा तथा राजविराज स्थित कारागारको बारेमा जानकारी गराएका छन् ।
कार्यक्रममा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बाल निगरानी कक्षमा आवश्यक सुधारका लागि समितिको ध्यानाकर्षण गराएका थिए ।