न्यूज टुडे
राजविराज, ११ मंसिर ।
सप्तरी प्रहरीले सक्रियता बढाएसंगै विभिन्न मुद्दामा दोषी ठहर भइ फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले सोमबार र मंगलबार गरि दुई दिनमै ४० जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चोरी, कुटपिट, जालसाजी,अपराधिक उपद्रव,चेक अनादर,वन मुद्दा,कुटपिट अंगभंग,आदेशको अवहेलना,घरेलू हिंसा, किर्ने, सवारी अंगभंग मुद्दाका। ४० जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार २ महिना १९ दिन कैद तोकिएका बोक्सीको आरोप मुद्दाका राजविराज ९ का प्रदिप नुनिया, कंचनपुर १० का कुटपिट तथा लुटपिट मुद्दामा ५ दिन कैद र १ हजार जरिवाना भएका डिपो मुखिया, सोही स्थानका इन्दल पासवान, सुरुङ्गा नगरपालिका ३ का आत्मा हत्या दुरुत्साहन मुद्दामा १ दिन कैद १ हजार जरिवाना तोकिएका जसीलाल चौधरी, अग्नीसाइर कृष्णा सवरन ३ का चोरी मुद्दामा ८ महिना कैद र ६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिका भगवती भगत, बोदेबर्साइन नगरपालिका ६ का जबर्जस्ती करणी मुद्दामा ६ महिना कैद ५ हजार जरिवाना तोकिएका हृदयलाल यादव, विष्णुपुर १ का बहुविवाह मुद्दामा २८ दिन कैद १० हजार जरिवाना तोकिएका अजय यादव, राजविराज ९ का लागूऔषध मुद्दामा २३ दिन कैद र २ हजार जरिवाना तोकिएका अरुण कुमार सदा, विष्णुपुर १ का बहुविवाह मुद्दामा ३ बर्ष ४ महिना २१ दिन कैद ८५ हजार ७ सय १ रुपैया जरिवाना तोकिएको अजय यादव, हनुमाननगर कंकालिनी नगरपालिका १४ का बहुविवाह मुद्दामा १० हजार जरिवाना तोकिएका अभिजित मण्डल, कुटपिट मुद्दामा ६ हजार सय ५० जरिवाना रुपनी ४ गाउँपालिकाकी कोशिला देवी खंग, सोही स्थानकी सितादेवी खंग पक्राउ गरेका छन् ।
यसैगरी कुटपिट, लुटपिट मुद्दाका विष्णुपुर गापा ६ का अनिरु मुखिया, किर्ते मुद्दाका फर्सेठ ५ का जुगली यादव गाली- बेईजाती मुद्दाका राजविराज ९ का जुमा खातुन, कुटपिट मुद्दाका मलेठ १ का सबुरी मण्डल, सोही ठाउँका ललिता कुमारी खंग खत्वे, सियाराम यादव,अनिरुध नोनिया, चोरी अन्य मलेठ ७ का झरी सदा, सवारी अंगभंग मुद्दाका शम्भुनाथ २ मो. इरफान,सोही स्थानका सलेखा खातुन पक्राउ परेका छन् ।
यसैगरी कुटपिट मुद्दाका जमुनी मधेपुरान१ का रेवन यादव,मलेठ १ का किसुनदेव नोनिया,देवरी ६ का चन्देश्वरी देवी साहुनी, विष्णुपुर ६ का लक्ष्मी मुखिया, लुटपिट मुद्दाका त्रिकोल १ का बुधनी देवी खतबेनी, किर्ते मुद्दाका पर्सेठ ८ का जुगली यादव, कुटपिट लुटपिट मुद्दाका विष्णुपुर ६ का हरदेव मुखिया, सोही स्थानका लक्ष्मण मुखिया, तिलाठी कोइलाडी १ चेक अनादर मुद्दाका रघुनन्दन मिश्र, लुटपिटका बेल्ही चपेना ८ का चुनचुन साह, नाता कायमका देउरी १ का शोभा देवी यादवनी, कुटपिट लुटपाटका विष्णुपुर ६ का पन्चदेव मुखिया, सोही ठाउँका उपेन्द्र मुखिया, जालसाजीका मलेठ १ का फुलेश्वरी देवी महतो, कुटपिटका तिलाठी कोइलाडी ६ का मनोज कुमार मण्डल पक्राउ परेका छन् ।
उनीहरुलाई रु १ हजार देखि २० हजारसम्म जरिवाना तोकिएको छ । ऊनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि मंगलबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सप्तरीमा प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा र डिएसपी जितेन्द्र कुमार बस्नेत आएपछि विभिन्न मुद्दाका फरार प्रतिवादी तथा चोरी तस्करी तथा अपराधिक क्रियाकलापमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।