• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा  लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया तथा र्‍याली

रुपनीमा  लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया तथा र्‍याली
नर्मदेव यादव
रुपनी, १० मंसिर । 
सप्तरीको रुपनी गाउँपालिकामा लैंङ्गिक हिंसा विरुद्ध  १६ दिने अभियानको अवसरमा सोमबार अन्तरक्रिया तथा दिप प्रज्वलन गरिएको छ ।  प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादवको अध्यक्षता तथा  रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा दिप प्रज्वलन गरिएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष यादवले  आफूबाट सुरुवात गरेर समाज परिबर्तन गर्न महिला अग्रसर हुनुपर्नेमा जोड दिए । महिला नै परिवर्तनको वाहक भएको बताउँदै  उनले महिलाहरु मादक पदार्थको कूलतबाट टाढा बस्नुपर्नेमा जोड दिए । 
‘बालबच्चालाई कुलतबाट रोक्नु पर्छ। कम उमेरमा बिवाह गर्ने प्रथा अन्त गर्नु पर्छ’ उनले भने । 
 रुपनी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष  पुष्पा श्रेष्ठ लौगी, पूर्व वडा अध्यक्ष पिताम्बर यादव,स्वास्थ्कर्मी रघुनन्दन यादव लगायतले आ-आफ्नो विचार व्यक्त गरे । 
कार्यक्रम संचालन महिला शाखा प्रमुख रिता साहले गरेकी थिइन् ।
रुपनी गाउँपालिकाबाट निकालिएको र्‍याली बजार परिक्रमा गर्दै चोकमा पुगेर मैनबती प्रज्वन गरिएको थियो।