न्यूज टुडे
राजविराज,०६ मंसिर ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत उम्मेदवारहरुलाई विहिबार चुनाव चिन्ह प्रदान गरिएको छ। सप्तरीको डाक्नेश्वरी १ र ४ का वडा अध्यक्ष पदको उम्मेदवारसहित देशैभरी निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको हो ।
डाक्नेश्वरी नगरपालिका पातो स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वडा १ र ४ अध्यक्ष पदका लागि १६ जना उम्मेदवारलाई पार्टी र स्वतन्त्र सहितलाई चुनाव चिन्ह प्रदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ढल्केको छाता, नेपाली काँग्रेसलाई रुख, नेकपा एमालेलाई सुर्य, नेकपा माओवादी केन्द्रलाई गोलाकार भित्र हसिया हथौडा, जनमतलाई लोउड स्पिकर, नागरिक उन्मुक्ति पार्टीलाई पिधै भएको सादा ढकिया, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टीलाई गोलाकार भित्र मुठी र एक जना स्वतन्त्र उम्मेदवारलाई क्यारेम वोर्ड चुनाव चिन्ह दिएका छन् ।
निर्वाचनका लागि जसपा नेपालबाट १ नम्बर वडा अध्यक्षमा धिरेन्द्र साह र ४ नम्बर वडामा देबेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस १ नम्बर वडा अध्यक्षमा भगवानी साह र वडा नम्बर ४ मा भुलिया देवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमाले १ नम्बर वडा अध्यक्षमा भगवानी साह र ४ नम्बर वडा अध्यक्षमा संजय कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्र १ नम्बर वडा अध्यक्षमा प्रमोद कुमार संत र ४ नम्बर वडा अध्यक्षमा भागवत राम र नागरिक उन्मुक्तिबाट १ नम्बर वडा अध्यक्षमा अनिरुद्व प्रसाद चौधरी, ४ नम्बर वडा अध्यक्षमा शिव कुमार रामले उम्मेदवारी दर्ता गराएका छन्।
जनमतबाट १ नम्बर वडा अध्यक्षमा शैलेन्द्र प्रसाद साह तेली र ४ नम्बर वडा अध्यक्षमा उदय नारायण पण्डित, राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर वडा अध्यक्षमा सतिस कुमार चौधरी, ४ मा राम कुमार यादव र जनता समाजवादी पार्टीले ४ नम्बर वडा अध्यक्षमा रविन्द्र रायले उम्मेदवारी दर्ता गराएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी १ नम्बर वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार शुशिल साह रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएका छन् ।
यही आउदौ मंसिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।