न्यूज टुडे
राजविराज, ०४ मंसिर ।
उदयपुरको चौदण्डीगडी नगरपालिका १ की स्वर्गीय शुभमाया तामाङको स्मृतिमा ॐ उग्रेन छेदिन छोलिङ्ग गुम्बा बसाहालाई रु १ लाख ५६ हजार १० रुपैया सहयोग गरिएको छ । स्वर्गीय तामाङको ४९ औं दिनको पुण्य तिथिको अवसरमा मंगलबार गुम्वा समितिलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
स्वर्गीय तामाङकी छोरा पदम गोले तामाङले गुम्बा समितिका अध्यक्ष चन्द्र बहादुर तामाङलाई उक्त रकम प्रदान गरे । आमाको स्मृतिमा गुम्बाको विकासमा थोरैभएपनी योगदान होस् भन्ने मनसायले हामी छोराछोरी तथा आफन्तजनबाट सहयोग गरिएको उनले बताए ।
सहयोग रकम बुझ्दै गुम्बा समितिका अध्यक्ष तामाङले सहयोगी हातहरुलाई धन्यवाद दिदै प्राप्त सहयोग रकमबाट स्वर्गीय तामाङको नाम जीवन्त हुने सामान खरिद गरी उपयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
स्वर्गीय तामाङको ४९ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष लामा धर्म डुम्जन तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव बृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, आफन्त इष्टमित्रहरु, गुम्बा समितिका पदाधिकारी, घेदुङका विभिन्न तहका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
गत असोज १५ गते स्वर्गीय तामाङको ९८ बर्षको उमेरमा बसाहा स्थित आफ्नै घरमा निधन भएको थियो ।