• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सितापुर खानेपानी आयोजना अलपत्र, एकअर्का वीच दोषारोपण

सितापुर खानेपानी आयोजना अलपत्र, एकअर्का वीच दोषारोपण
न्यूज टुडे
राजविराज,०३ मंसिर । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थिति निर्माणाधीन सीतापुर खानेपानी आयोजना अलपत्र परेको छ । डब्लूएचएच/भिसिए/ विएमजेड/ एमसीडीसी र गाउँपालिकाको साझेदारीमा निर्माणाधीन खानेपानी योजनाको निर्माण कार्य अलपत्र परेको हो ।  
संघीय सरकारले अधुरो अबस्थामा छोडेको  खानेपानी परियोजनालाई पूर्णता दिने अठोटको साथ २०८० असार ३० गतेसम्म साझेदारी संस्था वीच काम सक्ने समझदारी भनिएपनि निर्माण कार्य अधुरै छोडिदा योजना निर्माण कार्य अनिश्चित बन्न पुगेको स्थानीयले बताए । 
बिएमजेड/ भिसिए/ ड्ब्लूएचए / एमसीडिसीको रु ४२ लाख २९ हजार ३ सय २५ , गाउँपालिकाको १५ लाख ५३ हजार ४ सय ८१ र उपभोक्ता समितिबाट ३ लाख ५ हजार ७ सय ७ गरी कुल ६० लाख ८८ हजार ५ सय २४ को लागतमा खानेपानी योजना निर्माण सुरु भएको महुली सामुदायिक विकास केन्द्र ( एमसीडिसी) बकधुवाका निर्देशक प्रभु नारायण चौधरीले बताए । 
उपभोक्ता समितिको निष्क्रियता र गाउँपालिकाको असहयोगले निर्माण कार्यले समयमा पूर्णता पाउन नसेको उनले जानकारी दिए । 
‘साझेदारी संस्थाबाट केही कमजोरी छैन, गाउँपालिकाले प्रमाणपत्र दिन ढिलाइ गर्दा समयमा विधुत मीटर जडान भएन’, उनले भने,´विधुत मीटर जडान नहुँदा काममा ढिलासुस्ती भयो, उपभोक्ता समितिका अध्यक्षलाई घच्यघ्च्याउँदा ए .. हो अहिले फुर्सद छैन भन्ने गरेको र सचिबलाई भन्दा उसैले (अध्यक्ष) ले गर्छ भन्दै   पन्छिएर असहयोग हुँदा निर्धारित समयमा काम सम्पन्न गर्न सकिएनँ ।´ 
उनले टंकी मर्मतसहित काम अहिलेपनि जारी राखीएकाले खानेपानी परियोजनाको काम सम्पन्न गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।
खानेपानी आयोजना स्थलमा पुनः जडान गरिएको विधुत ट्रान्सर्फमर । फोटो : न्यूज टुडे
´भर्खरै गाउँपालिकाले उपभोक्ता समितिलाई संस्था दर्ताको प्रमाणपत्र प्रादन गरेको छ,उपभोक्ता समितिले सक्रियता बढाएर मीटर जडान गर्न सके कामले गति लिन्छ` निर्देशक चौधरीले भने,´गाउँपालिका र उपभोक्ता समितिको सहयोग पाएमा छिटै उपभोक्ताको घरसमा पानी वितरण गर्छौ।` 
उपभोक्ता समितिका अध्यक्ष अरविन्द कुमार चौधरीले गाउँपालिका र महुली सामुदायिक विकास केन्द्रकै कारण खानेपानी आयोजनाको कामले गति लिन नसकेको आरोप लगाए । 
उनले गाउँपालिकाले समयमा बजेट उपलब्ध गराउन नसक्दा र महुली सामुदायिक विकास केन्द्रले धाराको प्लेट निर्माण कार्य रोक्दा खानेपानी योजनाको कार्य अधुरो भएको बताए । 
उपभोक्ता समितिले काममा कुनैपनि बाधा अबरोध नगरेको जिकिर गर्दै उनले उपभोक्ता समितिलाई अनावश्यक आर्थिक बोझ थोपर्दा काम गर्न कठिनाइ भएको बताए । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जेसिवी लगायतका उपकरणहरु प्रयोगमा रोकेपछि काम गर्न समस्या उत्पन्न भएको चौधरीको भनाइ छ ।  
खानेपानी योजनाका लागि गाउँपालिकाले बजेट विनियोजन नगरेको तथा आगामी पुस ३/ ४ गते मिनी परिषद गरी बजेट उपलब्ध गराउने गाउँपालिका अध्यक्षबाट आश्वासन पाएकोले त्यसपछि निर्माण कार्यलाई थप गति दिने उनले जानकारी दिए । 
संघीय सरकारले १ करोड ५० लाखभन्दा बढी लगानी गरी अधुरो अवस्थामा छोडेको सितापुर खानेपानी तथा सरसफाइ आयोजनाका कार्यलाई पूर्णता दिएर पहिलो चरणमा ५० घरमा पानीको पहुँच पुर्याउने लक्ष राखी पुर्ननिर्माण सुरु गरिएको थियो ।  पहिलो चरणमा २ सय ८५ जना लाभान्वित हुने विश्वास गरिएको थियो । 
२०८० चैतदेखि सुरु गरेको आयोजनाले २०८० असार मसान्तसम्म काम सक्ने अनुमानित लक्षको साथ वडा नम्बर २ अन्तर्गतका २ सय २५ घरधुरीलाई स्वच्छ पिउने पानी दिने उदेश्य राखेको थियो ।
निर्माणको जिम्मा पाएका वीच आपसी तालमेल नमिल्दा खानेपानी आयोजना अनिश्चित जस्तै बन्न पुगेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । 
एकबर्ष अघि खानेपानी आयोजना स्थलमा जडान गरिएको विधुत ट्रान्सर्फमर चोरी भएको थियो  ।  चोरी भएपछि पुनः  गाउँपालिकाले अर्को ट्रान्सर्फमर जडान गरिदिएको उपभोक्ता समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।