• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा विद्यापति पर्वको अवसरमा झाँकी प्रदर्शन

राजविराजमा विद्यापति पर्वको अवसरमा झाँकी प्रदर्शन
न्यूज टुडे
राजविराज, २९ कात्तिक । 
सप्तरी सदरमुकाम राजविराजमा बिहीवार मैथिली भेषभूषासहितकाे झाँकी प्रदर्शन गरिएको छ । मैथिली महाकवि विद्यापति स्मृति पर्वको अवसरमा मिथिला पहिचान झल्काउने झाँकी प्रदर्शन गरिएको हो ।  
Exif_JPEG_420
मैथिली साहित्य परिषद् सप्तरीले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे महाकवि विधापति स्मृति दिवसकाे अवसरमा यसवर्ष पनि झाँकी, कवि गाेष्ठी, साँस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया आयाेजना गरिएको हाे ।
मैथिली पहिरन, भेषभूषा तथा बैलगाडा, हलाे जुवा सहितका कृषि औजारसहित स्थानीय पब्लिक माध्यमिक विद्यालयकाे मैदानबाट निस्केको झाँकी राजविराजकाे विभिन्न भागमा परिक्रमा गरी प्रदर्शन गरिएको थियो ।
मैथिली भाषालाई जगेर्ना गर्ने र सरकारी कामकाजकाे भाषा मैथिली हुनुपर्ने भन्ने ध्येयका साथ यसवर्ष विधापति स्मृत दिवस मनाइएकाे मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार झाले बताए ।
यस्तै स्मृति दिवस अन्तर्गत आयाेजना गरिएको कवि गोष्ठीका वक्ताहरुले मातृभाषा मैथिलीको संरक्षण सम्बर्द्धन गर्नुकाे साथै महाकवि विद्यापति बसेकाे सप्तरीको बनाैली संरक्षण गर्दै विधापति स्मृति पार्कसँगै संग्राहलय निर्माणतर्फ मधेश प्रदेश सरकारकाे ध्यानाकर्षण गराए ।
झाँकीमा मैथिली भाषा अभियानकर्ता, विद्यार्थी र ओम शान्तिका अनुयायीहरुसँगै सरकारी अधिकारीहरु समेत सहभागिता थिए ।