• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा वीमा सम्बन्धि पत्रकारसंग अन्तरक्रिया

राजविराजमा वीमा सम्बन्धि पत्रकारसंग अन्तरक्रिया
न्यूज टुडे
राजविराज, २९ कात्तिक । 
सप्तरीको राजविराजमा बिहीवार पत्रकारसंग वीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल वीमा प्राधिकरण मधेस प्रदेशद्वारा पत्रकार महासंघसंग वीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरु । फोटो : न्यूज टुडे
नेपाल वीमा प्राधिकरण मधेश प्रदेश  कार्यालय वीरगञ्जकी कार्यालय प्रमुख प्रिती देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दैनेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रमुख अतिथि श्रावण कुमार देवले जीवन तथा आर्थिक सुरक्षाका लागि सबैले वीमा गर्नुपर्नेमा जोड दिए ।
उनले जीवन वीमा तथा निर्जीवन वीमा गर्दा सहज रुपमा सेवा उपलब्ध गराउनु आबश्यक रहेको बताए । वीमा रकम शुलभ र  छिटो वीमितले उपयोग गर्नुपाउनु पर्नेमा जोड दिदै अध्यक्ष देवले  वीमा कम्पनी तथा त्यसका अभिकर्ताबाट हुने लापरबाहीले वीमा  कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरे । 
कार्यालय प्रमुख देवले वीमाको उदेश्य प्रस्तुत गर्दै नेपालमा वीमा बजारको अवस्था तथा पत्रकारसंग प्राधिकरणले राखेको सहयोग र अपेक्षा बारेमा जानकारी गराइन । 
मायाको चिनो ग्रहण गर्दै अध्यक्ष देव । फोटो : न्यूज टुडे
उनले नेपाल वीमा प्राधिकरणको परिचय,वीमाको विश्वास, विकास प्रभावकारी नेमन गर्ने, वीमा सम्बन्धि कानूनी व्यवस्था, नेपाल वीमा प्राधिकरणको काम, कर्तव्य र अधिकार बारे जानकारी दिइन् । 
यसैगरी दैनिक रुपमा व्यक्ति / व्यवसायीले सामाना गर्नुपर्ने जोखिमहरु, वीमाको जोखिम, जोखिम व्यवस्थापन तथा वीमाको महत्त्व, वीमाको प्रकार, वीमा गर्दा ध्यान दिनुपर्ने विषयहरु, वीमाको दावी प्रक्रिया, घर तथा पशुपंक्षी वीमा, दुर्घटना वीमा दर, अनिवार्य वीमा, वीमा सम्बन्धि कानूनी व्यवस्था, हालको तथ्यांक र वीमाको चुनौती  लगायत बारे उनलेे जानकारी गराएकी थिइन् । 
कार्यक्रममा प्रदेश प्रमुख देवले प्रमुख अतिथि अध्यक्ष देवलाई मायाको चिनो र वीमा सम्बन्धि ऎन, कानून किताब हस्तान्तरण गरेकी थिइन् ।   कार्यक्रम संचालन नेपाल वीमा प्राधिकरणकी सह निर्देशक रुमिला शर्माले गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहसहित सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विभिन्न मिडियामा कार्यरत दर्जनौ पत्रकारहरुको उपस्थिति रहेको थियो ।