• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रहरी धमाधम पक्राउ गर्दै फरार प्रतिवादी

सप्तरी प्रहरी धमाधम पक्राउ गर्दै फरार प्रतिवादी
न्यूज टुडे
राजविराज, २८ कात्तिक । 
सप्तरी प्रहरीले सक्रियता बढाएसंगै विभिन्न मुद्दामा दोषी ठहर भइ फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले मंगलबार २१ जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चोरी, ज्यान सम्बन्धि र ज्यान मार्ने उधोग, सवारी ज्यान, कुटपिट,गाली वेईज्जती, जालसाजी, जबर्जस्ती करणी, लुटपाट, मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो । 
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार १ बर्ष ५ महिना २७ दिन कैद र ३० हजार जरिवाना तोकिएका चोरी मुद्दाका राजविराज नगरपालिका ६ का महादेवा मुखिया, ज्यान सम्बन्धि र ज्यान मार्ने उधोग मुद्दामा ३ बर्ष कैद र ३० हजार जरिवाना भएका बोदेबर्साईन नगरपालिका ३ का नैनी कुमार मण्डल, सवारी ज्यान मुद्दामा १ बर्ष ३ दिन कैद भएका डाक्नेश्वरी ३ का संजय कुमार राय पक्राउ गरेका छन् । 
यसैगरी कुटपिट मुद्दाका को. मधेपुरा ८ का छोटकु यादव,गजेन्द्र प्रसाद यादव, भोगिलाल यादव, गाली बेइज्जती मुद्दाका पथलगडा ३ का रामदेव साह, लुटपिट मुद्दाका पकरी २ का बलदेव ठाकुर, बोदेबर्साईन ४ का बलराम मण्डल,कुटपिट मुद्दाका महादेवा ४ का दिपेन्द्र मण्डल,विरेन्द्र मण्डल, महेश मण्डल,उमेश मण्डल,दिनेश मण्डल हरिखित मण्डल,बलाराम मण्डल पक्राउ परेका छन् । 
यस्तै कुटपिट मुद्दाका वभनगामाकट्टी ९ का पशुपति मण्डल,डाक्नेश्वरी ८ का रोशन खंग,सियाराम मण्डल, जबर्जस्ती करणी मुद्दाका खडक नगरपालिका ११ का रमेश कुमार साह, जालसाजी मुद्दाका डाक्नेश्वरी ६ का रामचन्द्र यादव र चोरी मुद्दाका खडक नगरपालिका ११ का श्याम कुमार साह रहेका छन् । 
उनीहरुलाई रु १ सयदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । ऊनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि बुधबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।