• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नवलकिशोरलाई क्षमताभन्दा बढी जिम्मेवारी दिएर पार्टीले गल्ती गर्‍यो : नेता यादव

नवलकिशोरलाई क्षमताभन्दा बढी जिम्मेवारी दिएर पार्टीले गल्ती गर्‍यो : नेता यादव
न्यूज टुडे
राजविराज, २६ कात्तिक । 
जसपा नेपालकी केन्द्रीय सदस्य एवम् ´जनतासंग जसपा नेपाल´ आधारभूत स्गठन निर्माण अभियानकी तिरहुत गाउँपालिकाकी प्रमुख अभियन्ता पुनम कुमारी यादवले जसपा नेपालबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नवलकिशोर साहलाई क्षमताभन्दा बढी जिम्मेवारी दिनु गल्ती भएको बताएकी छिन् । जसपा नेपाल तिरहुत गाउँपालिका वडा नम्बर १ द्वारा सप्तरीको त्रिकोलमा सोमबार आयोजित ´जनतासंग जसपा नेपाल´ आधारभूत संगठन निर्माण अभियान अन्तर्गत वडा स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 
वडा स्तरीय विस्तारित बैठकमा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै नेता यादवले पार्टीबाट निर्वाचित नबलकिशोर साहलाई पार्टीले उसको क्यापिसीटीभन्दा बढी सुविधा र सम्मान दिनु गल्ती भएको बताइन् । साँसद साहले जनता र पार्टीलाई धोका दिएर घात गरेको बताउँदै  उनले पद र पैसाको लागि जनता र पार्टीलाई धोखा दिने साहलाई इतिहासले पनि माफी नदिने बताइन् । उनले सत्ता स्वर्थका लागि मधेसी जनताको बलिदानी र रगतमाथि खेलवाड गर्ने साँसद साहलाई मधेशी जनताले बहिष्कार गर्नुपर्नेमा जोड दिइन् ।  साहलाई पार्टीले बेलैमा चिन्न नसक्नु ठूलो भुल भएको नेता यादवको भनाइ थियो । 
नेता यादवले महिला, मधेसीलगायत उत्पीडित जात/जाती समुदायले थोरै भएपनि पाएको मान प्रतिष्ठा र अधिकार जसपा नेपालकै देन भएको जिकिर गरीन । मधेशी जनतालाई नेपाली नागरिक स्वीकार नगर्ने अवस्थाको स्मरण गर्दै उनले विहारी भनेर हेप्ने प्रवृत्तिको अन्त्य गरी मधेसी जनताको प्रतिष्ठा उच्च बनाउने कार्य जसपा नेपालले गरेको उल्लेख गरिन । 
संघीयताका कारण विकासले गति लिएको तथा आरक्षणले मधेशीसहितका उत्पीडित समुदाय राज्यको हरेक निकायमा प्रतिनिधित्व गर्ने अवसर मिलेको र  देशमा संघीय शासन व्यवस्था ल्याउने तथा समाबेशी प्रतिनिधित्वको ग्यारेन्टी गर्ने पार्टी जसपा नेपाल भएको बताउँदै उनले विकास र अधिकारका लागि जसपा नेपालमा संगठित हुनुको विकल्प नरहेको तर्क गरिन । 
जसपा नेपाल प्रदेश सदस्य एवम् अभियान्ता छेदी अरगरियाले राजनितीक तथा सामाजिक परिवर्तनमा पार्टीको ठुलो योगदान रहेको बताए । देशमा भएको राजनीतिक तथा सामाजिक उपलब्धि जसपा नेपालकै संघर्षबाट प्राप्त भएको दाबी गर्दै उनले प्राप्त उपलब्धिको रक्षा र थप अधिकार सुनिश्चितताको लागि टोल तहसम्म संगठन निर्माण गर्नुपर्नेमा जोड दिए । 
उनले संगठन निर्माणसंगै पार्टीको विचार सिधाान्त र पार्टीले देश र जनताको लागि गरेको योगदान बारे जनजागरण गर्नुपर्ने आवश्यकता औल्याए । 
जसपा मधेश प्रदेश सदस्य विनोद कुमार यादवले आधारभूत संगठन निर्माण अभियान जनतालाई पार्टीसंग जोड्ने अभियान भएकोले सक्रियता पूर्वक अभियानमा जोडिन स्थानीय नेताकार्यकर्ता आग्रह गरे ।  जसपा नेपाल नेतृत्वको सरकारले मधेसी जनताको पहिचानसहितको मधेस प्रदेश स्थापना गरेको बताउँदै उनले मधेसी, थारु, आदिवासी जनजाति, मुश्लिम दलित समुदायको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि जसपा नेपालमा संगठित हुनुको विकल्प नरहेको बताए । 
जसपा नेपाल तिरहुत गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवनारायण महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङ, जसपा नेपाल जिल्ला सदस्य रामदेव यादव, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त कुमार बहडखेर,गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मिश्र लगायतकाले संगठन निर्माण कार्यलाई तीब्र बनाउनु पर्नेमा जोड दिए ।  
जिल्ला सदस्य एवम् अभियान्ता अरुण कुमार गोइतद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय शिक्षक  चन्द्र नारायण यादवले गरे । 
तिरहुत गाउँपालिका वडा नम्बर १ अन्तर्गतका अगुवा नेताकार्यकर्ता सहभागी विस्तारित बैठकले बुथ र टोलमा विस्तारित बैठक राख्ने तथा समिति गठन गर्ने तथा पार्टी सदस्य वितरण गर्ने निर्णय गरेको गाउँपालिका सचिब राधेकृष्ण यादवले जानकारी दिए ।