न्यूज टुडे
राजविराज, २३ कात्तिक ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले विगतको सरकारले थालेको वेथितिलाई तोड्दै अगाडि बढीरहेको बताएका छन् । सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले विगतको सरकारले मनपर्दी बजेट बाड्ने परम्परालाई आफू नेतृत्वको सरकारले अन्त्य गरेको बताए । विगतको सरकारले आफुखुशी पालिकाहरुमा बजेट वितरण गर्दा भ्रष्टाचार बढेको टिप्पणी गर्दै मुख्यमन्त्री सिंहले आफू नेतृत्वको सरकारले सबैपालिकामा बजेट तोकेरै पठाएको उल्लेख गरे ।
“विगतको सरकारको कुनै बजेट,नीति तथा कार्यक्रम पारदर्शी हुदैन थियो, प्रदेश सरकारले दिने विषेश र सशर्त अनुदान कुरा, व्यवहार मिल्यो भने त्यो पालिकालाई दिइन्थ्यो, मुख्यमन्त्री सिंहले भने, “व्यवहार नमिल्ने पालिका बजेटबाट बन्चित हुन्थे, विगतको सरकारलेले थालेको वेथितिलाई तोड्दै सबैपालिकामा सिलिङ्ग तोकेर बजेटको ग्यारेन्टी गरिदिएँ ।”
गठबन्धनका कारण सरकारले सोचे अनुसारको विकास र सुशासनको कार्यले अझै गतिलिन नसकेको स्वीकार गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि कठिबद्व भएर अगाडि बढेको बताए ।
साक्षर प्रदेश बनाउने उदेश्यसहित शिक्षा लगायतका सबै क्षेत्रमा बजेट राखिएको जानकारी दिदै मुख्यमन्त्री सिंहले शिक्षा नीति, स्थानीय सरकार संचालन ऎन, खेलकुद विधेयक पास गरी प्रदेशमै एमविविएसको समेत पढाइ सुरु गरेको उल्लेख गरे ।
उनले प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलो मिटर सडक ढलान र १ पुल निर्माणको लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा ल्याएको बताए । किसानहरूलाई सिंचाइमा सहज पहुँच पुर्याउने उदेश्यले कृषि विधुतिकरणका लागि बजेटको व्यवस्था गरेको उनले जानकारी दिए ।
स्थानीय स्तरमा बढिभन्दा बढी रोजगारी कसरी मिल्छ भनी प्रदेशका सम्पुर्ण बन्द रहेका उधोगमा लगानीका लागि संघीय सरकार र अन्तरास्ट्रिय स्तरबाट सहयोग जुटाउने पहल भइरहेको उनले बताए । उनले कतिपय उधोग कारखाना संचालनमा ल्याइएको र सयौ बेरोजगारी युवाहरूलाई रोजगार दिएको दावी गरे ।
प्रदेशको सर्वाङ्गीण विकासका लागि नयाँ विचार र नयाँ सोच लिएर प्रदेश सरकार अगाडि बढेको बताउँदै उनले सबै पक्षको सकारात्मक सहयोगको लागि आग्रह गरे ।
उनले ३ / ४ बर्षदेखी कोमामा रहेको लोकसेवा आयोगलाई सक्रिय बनाएको बताउँदै २०७७/०७८ देखि पेण्डिङमा रहेको परिक्षाको नतिजा छिटै सार्वजनिक गर्ने दाबी गरे । उनले सरकारी मापदण्डलाई टेकेर ५/६ सय मान्छेको लागि भर्ना आव्हान गरिने बताए ।
हतारमा बजेट नीति तथा कार्यक्रम आएपनि प्रदेश सरकारले विकास, सुशासन,पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषी, उधोग ,खेलकुद लगायतका सबै क्षेत्रमा उल्लेखनीय कार्य हुने मुख्यमन्त्री सिंहले विश्वास व्यक्त गरे ।