• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नागरिक उन्मुक्ति पार्टीद्वारा शुभकामना आदानप्रदान

नागरिक उन्मुक्ति पार्टीद्वारा शुभकामना आदानप्रदान
न्यूज टुडे
राजविराज, १९ कात्तिक । 
नागरिक उन्मुक्ति पार्टी अग्नीसाईर कृष्णासारन गाउँपालिका समितिद्वारा सप्तरीको सितापुरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।नागरिक उन्मुक्ति पार्टी अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष लखनलाल लेखीको अध्यक्षता तथा केन्द्रीय सचिव तुलसी थारुको प्रमुख आतिथ्यमा जितिया, दशै,तिहार, छ्ठ, समाचकेवा पर्वको अवसारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथि थारु सहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथी थारु, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टिकालक्ष्मी चौधरी,  केन्द्रीय सचिवालय सदस्य महेश कुमार चौधरी, केन्द्रीय सदस्य रिता शर्मा यादव, तेजराज भुजेलले  शुभकामना मन्तव्य व्यक्त गर्दै  पहिचान, प्रतिनिधित्व र अधिकारका लागि संघर्षको विकल्प नरहेको बताए । 
ढाकी उठाएर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि केन्द्रीय सचिब थारु । फोटो : न्यूज टुडे
यसैगरी नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष बृजेन्द्र कुमार चौधरी, बेथिति विरुद्ध संघर्ष समिति अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक अरुण कुमार चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ,थारु कल्याणकारी सभा सप्तरीका सचिब मिलन कुमार चौधरी, दलित संघर्ष समिति सप्तरीका अध्यक्ष रामलाल सरदार, इटहर्वा बजार व्यवस्थापन समितिका उपाध्यक्ष बेचन कुमार मण्डलले समेत शुभकामना मन्तव्य व्यक्त गरे । 
नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्व प्रधानाध्यापक चन्द्रदेव चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत नागरिक उन्मुक्ति पार्टी वडा नम्बर २ का अध्यक्ष शशी चौधरी गरे । 
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिल कुमारी चौधरी, महावीर प्रसाद चौधरी, हृदय नारायण चौधरी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका स्थानीय नेता तथा नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।