• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नवजागरणको दोश्रो बार्षिक साधारणसभा सम्पन्न

नवजागरणको दोश्रो बार्षिक साधारणसभा सम्पन्न
न्यूज टुडे
राजविराज, १९ कात्तिक । 
नवजागरण कृषि सहकारी संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ जानकी बजार मट्टीगढाको दोश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेश्वर प्रसाद सिंह थारुको अध्यक्षता तथा अग्नीसाइर कृष्णास्वरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो । 
साधारणसभामा मञ्चासीन प्रमुख अतिथि सहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरीले सहकारी संस्थाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो टेवा पुर्‍याएको बताइन् ।
छोटो समयमा ठूलो प्रगति गरेकोमा संस्था संचालकहरुको प्रशंसा व्यक्त गर्दै  उपाध्यक्ष चौधरीले गाउँपालिकामा सबल संस्थाको रुपमा विकास भएको भन्दै खुशी व्यक्त गरे । 
अग्नीसाइर कृष्णासवन गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरीले कृषकहरुलाई प्राविधिक तालिम गराउनु पर्नेमा जोड दिदै कृषी क्षेत्रको समस्या समाधानमा पालिकाबाट अनुगमनको आवश्यकता औल्याए । 
आयव्यय प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक विन्तीलाल चौधरी । फोटो : न्यूज टुडे
“किसानलाई कृषि सम्बन्धि तालिम गराउनु अनिवार्य आवश्यकता छ, यसमा नवजागरणले अग्रणी भुमिका खेल्नुपर्छ, पूर्व वडा अध्यक्ष चौधरीले भने, अहिलेसम्म किसानले आफ्नै तरिकाले खेतमा मल हाल्ने, किटनाशक विषादी छर्कने गरेकाले मानवजाती तथा जीवजन्तू समेतमा असार पार्ने देखिन्छ।”
उनले मलमा व्यापक मुल्यबृद्वीका कारण किसानहरू मारमा पर्दा समेत गाउँपालिकाको ध्यानाकर्षण हुन नसको भन्दै आक्रोश व्यक्त गरे । 
 प्रतिकिलो ३०/३५ पर्ने मललाई ६०/६५ रुपैयाँ प्रतिकिलोको दरले किसानहरुले खरिद गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले  गाउँपालिका स्तरबाट अनुगमन गरी  यसमा सुधार  ल्याउनुपर्नेमा जोड दिए । 
शेयर सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिदै । फोटो : न्यूज टुडे
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिका महासचिव बृजमान तामाङ, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हाका प्रबन्धक रामी यादव, कृषि विज्ञ देवकान्त चौधरी, इन्जिनियर विद्यानन्द यादव, स्थानीय समाजसेवी दिनेश कुमार साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
साधारणसभामा सहभागीहरु । फोटो : न्यूज टुडे
संस्थाका संचालक समितिका सदस्य निरन्जन कुमार सिंह थारुद्वारा संचालित कार्यक्रममा स्वागत रामराजाप्रसाद सिंह थारुले गरे । 
बार्षिक साधारणसभामा संस्थाका सचिब तथा व्यवस्थापक विन्तीलाल चौधरीद्वारा प्रस्तुत आव २०८०/०८१ को ४४ लाख ७३ हजार ३ सय ३० रुपैयाँको आर्थिक प्रतिबेदन सभाद्वारा सर्वसम्मत पारित भएको थियो । 
कार्यक्रममा उत्कृष्ट शेयर धनीहरुलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो ।