न्यूज टुडे
राजविराज, १४ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा भारतबाट भन्सार छ्ली ल्याउंदै गरेको लाखौंको कपडा र मोटरसाइकलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । तिलाठी कोईलाडी गाउँपालिआ वडा नम्बर ०७ बस्ने अन्दाजी बर्ष २५ को अजय कुमार मण्डल र राजविराज नगरपालिका वडा नम्बर ०८ बस्ने अन्दाजी बर्ष २६ को पवन कुमार कर्णलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा सोमबार दिनको १ बजे उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।
छिन्नमास्ता गाउँपालिका वडा नम्बर ३ सखडा नहर सडक खण्ड स्थितमा भारतको मोहनपुर तर्फबाट सप्तरीको राजबिराज तर्फ आउँदै गरेको जिल्ला सप्तरी तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ०७ बस्ने मणडलले चलाई ल्याएको (मधेश प्रदेश ०१-००४ प ६२९५) नम्बरको १६० सि.सि अपाची कम्पनीको मोटरसाईकल तथा उक्त मोटरसाईकलमा सवार कर्णले कालो ब्याग समाई राखेमा र उक्त ब्याग चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुको साथबाट २ लाख ८७ हजार ४ सय रुपैयाँ बराबरको कपडा बरामद गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनीहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुधबार बुझाईएको डिएसपी बस्नेतले जानकारी गराए ।