• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जुवा खेल्नु वा खेलाउनु दुबै अबैध हो । जुवाले धेरैको बिल्लिबाठ पारेका कारण यसलाई नियन्त्रणको आवश्यकता बोध गरिएको हो ।
समाजलाई बराल्ने तथा व्यक्तिलाई अबैध काममा आकर्षित गर्ने माध्यममा जुवा पनि एक हो । त्यसैले यसमाथि रोक लगाएर उक्त दुःखद् अवस्था नहोस् भन्नाकालागि सुरक्षा निकायलाई परिचालन गर्ने गरिएको छ । यसका बावजुद पनि सप्तरीमा दशैंदेखि तिहारसम्म यो विकृति बढ्दो छ । जुवाका खाल सञ्चालन गर्ने,पैसा उठाउने जस्ता कार्य हुने गरेका कारण यसले गर्दा सामाजिक विकृतिलाई पनि बढावा दिने सम्भावना बढी रहन्छ । तर पनि बाहिरबाट हेर्दा सबै थोक सामान्य झैं देखिने तर भित्रभित्रै यस प्रकारको विकृति बढ्ने गरेका कारण यसमाथि नियन्त्रणको आवश्यकता छ । तिहारको समयमा सप्तरी मात्र नभई अन्यत्र पनि जुवा खेल्ने काम हुँदैन भन्ने चाहिँ होईन । किनकी विभिन्न ठाउँबाट प्रहरीले जुवा खेलेको आरोपमा विभिन्न व्यक्ति पक्राउ परेका समाचार आउने गरेका छन् । यसरी जुवाडे पक्राउ पर्नु सकारात्मक कार्य मान्नु पर्दछ । तर जसरी जुवाडे पक्राउ पर्ने गरेका छन् त्यस अनुपातमा यो अबैध कार्य नियन्त्रण भएर गयो भने जुवामाथिको कडाई सकारात्मक बन्नेमा शंका मान्नु परोईन । सामाजिक रुपमा पनि विकृतिको रुपमा लिने गरिएको जुवा नियन्त्रणमा प्रहरीको प्रयास त आफ्नो ठाउँमा रहन्छ नै ।
यस विकृतिलाई जनस्तरबाट पनि नियन्त्रणमा सहयोग पु¥याउन सकियो भने त्यो अझै प्रभावकारी बन्नेछ । जुवा बढ्नु सामाजिक रुपमा पनि उचित नमानिने भएका कारण यसलाई बढोत्तरी होईन, नियन्त्रणको आवश्यकता छ ।