• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीद्वारा चोरी मुद्दाका प्रतिवादी पक्राउ

प्रहरीद्वारा चोरी मुद्दाका प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज, १३ कात्तिक । 
सप्तरी प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका ७ का बर्ष २६ को जितेन्द्र कुमार मण्डललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी गस्ती टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना भएका मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएका छन् । 
चोरी मुद्दामा पाँच महिना कैद र पन्ध्र हजार जरिवाना सजय तोकिएको फारार प्रतिवादी मण्डललाई पक्राउ गरी मंगलबार जिल्ला अदालत राजविराजमा उपस्थिति गराइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।