श्री रामजानकी युवा क्लब मट्टीगढाद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढामा संचालित नवौं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । रामजानकी खेलमैदान मट्टीगढामा आयोजित प्रतियोगिताको सोमबार आयोजित एक समारोहका वीच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
रामजानकी युवा क्लब मट्टीगढाका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरीले राष्ट्रिय झण्डा उत्तोलन गरी उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले मैत्रीपुर्ण रुपमा खेल्न सहभागी खेलाडीहरुलाई आग्रह गरे । उनले प्रतियोगितामा सहभागी खेलाडीहरुको उज्ज्वल भविष्यको शुभकामना समेत दिए ।
राष्ट्रिय झण्डा उत्तोलन गरि फुटबल प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
प्रतियोगिताको उद्घाटन खेलमा श्री मयूरनी समाजसेवी युवा क्लब उदयपुर विजयी भएको छ । राजविराज युवा क्लब राजविराजलाई ट्राइबेकरमा ५ को विरुद्ध ६ गोलले पराजित गर्दै उदयपुरले जित हाँसिल गरेको हो ।
शिल्ड परिक्रमा गरिदै । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलाको निर्धारित ५० मीनेटको खेलमा दुबैटिमको तर्फबाट गोल हुन नसकेपछि प्लान्टी मार्फत खेलको छिनोफानो गरिएको आयोजक समितिका रमेश कुमार चौधरीले जानकारी दिए ।
फुटबल प्रतियोगिता उद्घाटन समारोहमा पूर्व साँसद असर्फी सदा, गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, पूर्व उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ६ का अध्यक्ष अशोक आचार्य, वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरी, तत्कालीन हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरीलगायतका पत्रकार, विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
चर्चित कार्यक्रम प्रस्तोता प्रविण कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरीले गरे ।
प्रतियोगितामा राजविराज युवा क्लब राजविराज, श्री मयूरनी समाजसेवी युव क्लब उदयपुर, श्री एस्पोट क्लब एकेडेमी कुशाहा, श्री डाँफे युवा क्लब फत्तेपुर, श्री प्रोग्रेसिभ युवा क्लब ओद्राहा,श्री मुसहर्निया सामुदायी युवा क्लब मुसहर्नीया, श्री रामजानकी युवा क्लब मट्टीगढा,श्री राजाजी युवा क्लब मोहनपुर हरकट्टी गरि ८ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
मंगलबारको खेल श्री प्रोग्रेसिभ युवा क्लब ओद्राहा र श्री मुसहर्निया सामुदायी युवा क्लब मुसहर्नीया वीच हुने आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमलाई रु ३५ हजार १ सय ५ र उपविजेता टिमलाई २५ हजार १ सय ५ नगदसहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।