• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लाखौंको कपडासहित २ जना  पक्राउ
न्यूज टुडे
राजविराज, १२ कात्तिक । 
सप्तरी प्रहरीद्वारा लाखौंको कपडा र मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । सप्‍तरी रुपनी गाउँपालिका वडा नम्बर  ५ बस्ने अन्दाजी बर्ष २६ को चुनचुन यादव  र राजगढ गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष २८ को संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीद्वारा बरामद भारतबाट भन्सार छलेर ल्याएको कपडा । न्यूज टुडे
गत शनिबार बिहानको ३ बजेको समयमा राजविराज नगरपालिका वडा नम्बर ६ सखडा रोडबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा बाटो छेउमा स ८ प ५२५३ नम्बरको मोटरसाईकलमा प्लाष्‍टिकको बोरामा मुख बाधिएको अवस्थामा कपडा रहेको बोरा एक थान लोड रहेको, सोही मोटरसाईकल छेउमा दुई थान प्लाष्‍टिककै बोरामा मुख बाधिएको अवस्थामा कपडा बरामद गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए । 
 मोटरसाईकल नजिक २ जना मानिसहरु समेत रहेकोमा निजहरुसँग सोधपुछ गर्दा कपडा रहेको उक्त बोराहरुको सम्बन्धमा सोध्दा उनीहरुले भारतबाट अबैध रुपले भंसार छली पैठारी गरी ३ लाख ९ हजार ६ सय ९५ रुपैया बराबरको बिभिन्न कपडाहरु ल्याएको भनी स्वीकार गरेको डिएसपी बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई मोटरसाइकल र कपडासहित सोमबार आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको उनले बताए ।