सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा आइतबार राती चोरी भएको छ । दशरथ साहले संचालन गरेको आरोही ज्वेलर्सबाट ७ लाख बराबरको गरगहना चोरी भएको हो।
राति १ बजेको समयमा चोरी भएको सिसिटिभी फुटेजबाट थाहा भएको संचालक साहले बताए। नगद ३० हजारसहित ७ लाख बरबरको सुन चाँदीको तयारी अवस्थाको गरगहना चोरी भएको उनले जानकारी दिए।