• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तेस्रो पच शिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा जण्डोल विजयी

तेस्रो पच शिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा जण्डोल विजयी
न्यूज टुडे
राजविराज, ११ कात्तिक । 
श्री कंकालनी युवा क्लब सितापुरद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ कंकालनीटोलमा संचालित तेस्रो पच शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।  श्री कंकालनी खेल मैदानमा संचालित खेलको आइतबार वडा नम्बर २ का वडा अध्यक्ष पशुपति चौधरीले उद्घाटन गरेका हुन् । 
प्रतियोगितामा सहभागी खेलाडीहरु । फोटो : न्यूज टुडे
कंकालनी युवा क्लब सितापुरका अध्यक्ष उमेश कुमार  यादवको अध्यक्षतामा आयोजित एक समारोहका वीच वडा अध्यक्ष चौधरीले व्यानर पढेर फुटबल प्रतियोगिताको उद्घाटन गरे । 
उद्घाटन खेलमा जण्डोल फुटबल क्लब जण्डोल विजयी भएको छ । महुली ११ फुटबल टिमलाई १-३ गोलले पराजित गर्दै जण्डोलले जीत हाँसिल गरे । 
७० मिनेटको खेल अवधिको पहिलो हापको १७ मीनेटमा महुली ११ का जर्सी नम्बर ११ का निरज चौधरीले गोल गरि टिमलाई अगाडि बढाए । खेलको २४ औं मीनेटमा जण्डोलका तर्फबाट जर्सी नम्बर ११ का प्रशान्त चौधरीले गोल गरी बराबरी भए । 
प्रहिलो हापकै ३० औं मिनेटमा जण्डोलका प्रवेश चौधरीले १ गोल गर्न सफल भएपछि जण्डोलले १ गोलेले अग्रता लिएका थिए । खेलको दोश्रो हाफको ७ औं मीनेटमा जण्डोलकै  जर्सी नम्बर ५ का रोशन चौधरीले गोल गर्दै टिमलाई अग्रस्थानमै कायम राखे । 
दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको खेलमा महुली ११ ले थप गोल फर्काउन नसकेपछि १ को विरुद्ध ३ गोलान्तरले जण्डोल विजयी भएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टिमलाई नगद १७ हजार ५ र उपविजेता टिमलाई १३ हजार ५ नगदसहित शिल्ड,कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।