सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ५ स्थित छपकीमा मंगलबार राती चार घरमा चोरी भएको छ । स्थानीय प्रमोद मेहता,चन्द्रदेव राय, इन्द्रदेव शर्मा र जगदीश शर्माको घरमा एकैरात चोरी भएको हो ।
चारवटै घरमा गरी १० लाख बराबरको नगद, गरगहना चोरी भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मेहताको घरबाट नगद गरगहना गरी २ लाख ५० हजार, रायको घरबाट सुन चाँदीको गहना, नगद गरी ३ लाख ५० हजार,इन्द्र्देवको घरबाट चाँदीको गहना र नगद गरि १ लाख ५० हजार र जगदीशको घरबाट सुनको गहना, नगदसहित गरि ३ लाख बराबरको धनसम्पती चोरी भएको छ ।
चोरहरुले मेहताको घरको चावी खोलेर र अन्यको घरबाट ताल्चा फुटाएर चोरी गरेका छन् भने सबै घरको पछाडिको धान खेतको बाटो प्रयोग गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायव निरीक्षक रामजी कार्कीले चोरी बारे अनुसन्धान गरिएको तथा चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको बताएका छन् ।
सितापुर स्थित चाइनिज क्याम्प नजिकबाट चोरी भएको ई-रिक्साको ब्याट्री झिकेर स्कुटर रिक्सा महुली पुल छेउमा वेवारिसे छोडेको पाइएपछि खोजी गर्ने क्रममा कामी पक्राउ परेको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
चोरी भएको ई-रिक्साको ब्याट्री मोरङ स्थित इलाका प्रहरी कार्यालय बेलबारीमा रहेको तथा कामीलाई ईलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरी नायव निरीक्षक कार्कीले जानकारी दिए ।