• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डिहिवार थानमा सरसफाइ, जनप्रतिनिधि उपस्थिति नहुँदा आक्रोश

डिहिवार थानमा सरसफाइ, जनप्रतिनिधि उपस्थिति नहुँदा आक्रोश
रामनाथ यादव 
राजविराज, १६  असोज । 
दशैको कलशयात्रा निकाल्ने तयारीका लागि सप्तरीको तिलाठी कोइलाडी वडा नम्बर ६ र ७ को विचमा रहेको ग्राम देउता डिहिबारथान सरसफाइ कार्यक्रममा जनप्रतिनिधि उपस्थित नभएको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् ।  स्थानीय युवाहरूद्वारा संयुक्त रुपमा बुधबार आयोजित थान सरसफाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र दुबै वडाका अध्यक्षलाई निमन्त्रणा गर्दा समेत उपस्थित नभएको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन् । 
डिहिबार थान प्राङ्गण सरसफाइ गर्दै प्रहरीसहित स्थानीयबासी । फोटो : न्यूज टुडे
सार्वजनिक स्थानको सरसफाइ गाउँपालिका आफैले गर्नुपर्नेमा स्थानीय युवाहरूको सक्रियतामा कार्यक्रम आयोजना गर्दा समेत गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुल कुमारी साह, वडा नम्बर ६ का अध्यक्ष रोशन सिंह र ७ का अध्यक्ष हरिनारायण मण्डललाई पटकपटक फोन गरी आउन आग्रह गर्दा बेवास्ता गरेको स्थानीयले बताए । 
अध्यक्ष मण्डल उपाध्यक्ष साहको आफ्नै वडामा भएको सरसफाइ कार्यक्रममा उपस्थित नहुँनु जनता प्रति जिम्मेवार नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे । 
“हामी युवाहरूको सक्रियतामा घटस्थापनाको अवसरमा असोज १७ गते निकालिने कलश यात्राको तयारी गर्दै थान सरसफाइ आयोजना गरी अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुलाई बोलायौ” एक स्थानीयले भने,” तर सरसफाइ कार्यक्रममा कोही उपस्थित भएन, जनताको मत लिएर पदासीनहरुको रबैया राजाको भन्दा कम देखिएन।”
जनताको कुरा सुनुवाइ नगर्नेलाई जनप्रतिनिधि भन्न पनि लाज लाग्न थालेको स्थानीयको भनाइ छ । 
सरसफाइ कार्यक्रममा वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष गोविन यादव, मावि बभनगामाकट्टीका व्यवस्थापन समिति सदस्य रामप्रसाद मण्डल, प्रहरी चौकी को. बर्साइनका प्रहरी, पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय युवा बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । 
उक्त डिहिवार थानमा बिहीबार कलश यात्रा निकाल्ने तथा दशैभरी संध्याकालीन भजन कृतन कार्यक्रम आयोजना गरिने स्थानीय विनोद यादवले जानकारी दिए ।