• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वालबिकास सहयोगी कार्यकर्ताहरुको विषयगत कार्याशाला

वालबिकास सहयोगी कार्यकर्ताहरुको विषयगत कार्याशाला
रामनाथ यादव
राजविराज, १५ असोज । 
वालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको विषयगत कार्याशाला राजविराज नगरपालिका १ स्थित आधारभुत विद्यालय चनौरा पडरियामा मंगलबार सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा महाकावी देवकोटा आधारभुत विद्यालय चनौरा पडरियाको समन्वयमा सेभ द सप्तरीद्वारा आयोजित एक दिवसीय कार्यशाला सम्पन्न भएको हो ।
कार्याशालामा राजविराज नगरपालिकाका अन्तर्गत रहेको वडा नम्बर १ , ५ , १४ , १५ र १६ का गरी पाँचवटा आधारभुत विद्यालयका बालबिकास केन्द्रका १७ जना सहयोगी कार्यकर्ता सहभागी रहेका थिए । कार्यक्रमको सहजीकरण सेफ द सप्तरीकी कार्यक्रम सुपरभाइजर बनिता कुमारी यादव, फिल्ड अफिसर दुर्गानन्द शर्मा र  मुकेश मण्डलले गरेका थिए । 
प्रारम्भिक बालविकास तहमा सिकाई सहजीकरण गर्ने, सीपको विकास गर्ने, छ्वटा सिकाई केन्द्र संग सम्बन्धित विषयगत सिकाई सामाग्रीहरु निर्माण गर्ने तथा प्रयोग विधिबाट थाहा पाउने, सहजकर्ताहरुको लागि सिकाई आदानप्रदान गर्ने  र सिकाई प्रक्रियामा सुधार ल्याउन मञ्च तयार गर्ने उदेश्यले  सहयोगी कार्यकर्ताहरुका लागि कार्यशाला आयोजना गरिएको आधारभुत विद्यालय चनौरा पडरिया प्रधानाध्यापक विक्रम झाले जानकारी दिए ।