• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बाढीले सडक बगाएपछि वीचैमा अलपत्र परेकाहरु सबैको अझै उद्धार हुन नसकेको भनि गुनासो उठ्दैछ । नेपाली सेनाको हेलिकोप्टरबाट केहीको उद्धार गरिएको भए पनि धेरै जना अझै अलपत्र नै परेका छन् ।
बस्न,खानको समस्याका साथै वर्षाको समयमा सुरक्षित रहन नपाएका कारणले नै कतिपय विरामी पर्न समेत थालेका छन् । अहिले अबरुध्द भएका सडकको मर्मतसम्भार तथा कतिपयको पुनर्निर्माणमा समय लाग्ने भएका कारण सडक सुचारु हुञ्जेल धेरै समय लाग्ने हुँदा वीच बाटोमै अलपत्र परेकाहरुको प्राथमिकताका साथ उद्धार गर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता नै हो । विपद्मा परेका जनतालाई सरकार पनि छ भन्ने विश्वास दिलाउनकालागि पनि यति बेला सरकारी स्तरबाट तिब्रताका साथ उनीहरुको उद्धारमा लाग्न आवश्यक भएको छ । मानवीय दृष्टिकोणबाट समेत यसरी बिचल्लीमा परेकाहरुलाई सहयोग गर्न सकियो भने त्यो पूण्य काज नै मानिने छ । बाढीग्रस्त क्षेत्रमा लामो समय बस्न सकिन्न । बाढी पछि ज्वरो,झाडापखाला जस्ता विमारी बढ्न सक्ने भएका कारणले स्वास्थ्यका दृष्टिबाट पनि सुरक्षित बाससथानको आवश्यकता रहन्छ । स्वच्छ खाना र पिउने पानी तथा स्वस्थ्यकर बातावरणमा रहन सक्दा नै विमारीबाट जोगिनमा पनि मद्दत मिल्ने भएका कारण उद्धारको काममा बिलम्ब गर्न मिल्दैन । उद्धारकालागि सकेसम्म सरकारी संयन्त्रको प्रयोग त गर्नै पर्ने हुन्छ ।
यसबाट मात्र पनि सम्भव नभए निजी क्षेत्रको समेत सहयोग लिएर यो कामलाई पूर्णता दिन आवश्यक छ । यसकालागि पनि सरकारले नै अग्रसरता लिनु पर्ने हुन्छ ।