• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नवलकिशोर साह मन्त्रीकै लागि अर्को पार्टीमा :  नेता यादव

नवलकिशोर साह मन्त्रीकै लागि अर्को पार्टीमा :  नेता यादव
रामनाथ यादव
राजविराज, १४ असोज । 
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले मन्त्रीकै लागि पार्टीका तत्कालीन उपाध्यक्ष नवलकिशोर साहले पार्टी फेरेको आरोप लगाएका छन् ।  जसपा नेपाल तिलाठी कोइलाडी गाउँपालिकाद्वारा वडा नम्बर ७ स्थित मावि बभनगामाकट्टीको  प्राङ्गणमा सोमबार आयोजित जनतासंग जसपा नेपाल “आधारभुत  संगठन निर्माण अभियान” कार्यक्रम अन्तर्गत विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 
पत्रकार अबधेश कुमार झालाई टिका लगाई गम्छा ओढाएर सम्मान गर्दै उपाध्यक्ष यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै नेता यादवले तत्कालीन बहालवला मन्त्री साह मन्त्री पदकै लोभमा  अशोक राई नेतृत्वको जसपामा गएको आरोप लगाए । 
“राई नेतृत्वको जसपा नियत, नैतिक र नीतिहीनहरुको झुन्ड हो, सबै लोभिपापीहरु जनतालाई धोका दिएर नयाँ पार्टीतिर गयो”, उनले भने, “मधेश प्रदेशकै इतिहासमा मन्त्री पदको लोभमा बहालवला मन्त्री साह अर्को पार्टीमा गएको हुन् । मधेस र मधेशी जनतालाई कमजोर पार्न मन्त्रीको झण्डा हल्लाउँदै पार्टी फेर्ने साह मधेशको पहिलो व्यक्ति हो । ” 
उनले  मन्त्री साहलाई  व्यापारीको संज्ञा दिदै  साह नेता नभई व्यापारी भएको भन्दै आक्रोश व्यक्त गरे । 
जसपा नेपालका केन्द्रीय सचिब शैलेन्द्र प्रसाद साहले संघीयता सहितको मधेश प्रदेशको नामाङकरण गर्ने पार्टी जसपा नेपाल भएको बताए ।  मधेश र मधेशीको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने पार्टी जसपा नेपाल भएको दावी गर्दै उनले देशमा संघीय प्रणालीलाई संस्थागत गर्न जनताद्वरा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने जोड दिए । 
जसपा नेपाल गाउँपालिका कार्यबाहक अध्यक्ष माधव रायको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य विकास कुमार तिवारी, शैलेन्द्र मोहन झा, मुरली प्रसाद सिंह, डा. बबि सिंह यादव,प्रदेश कार्यकारीणी सदस्य युसुफ अलि, सदस्य, किशोर कुमार यादव केसी, जिल्ला अध्यक्ष केदारप्रसाद यादव, जिल्ला कार्यकरिणी सदस्य निरज कुमार झा, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश मुखिया, ७ का अध्यक्ष हरिनारायण मण्डल, ८ का अध्यक्ष सत्यनारायण यादवलगायतले मन्तव्य व्यक्त गरे । 
जसपा युवा नेता जिबछ यादवद्वारा संचालित कार्यक्रममा स्वागत जिल्ला कार्यकारिणी समिति सदस्य सुचिता यादवले गरिन । 
उक्त अवसरमा प्रेस मञ्च नेपालका महासचिव अबधेश कुमार झा, जिल्ला कोषाध्यक्ष  प्रवेश मिश्र,  सदस्य रामनाथ यादवलाई गम्छा ओढाएर सम्मान समेत गरिएको थियो ।