• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कोशीको भंगालोमा घेरिए २ सय ५० जना,नगरपालिकाले पठायो डुंगासहित उद्वार टोली 

कोशीको भंगालोमा घेरिए २ सय ५० जना,नगरपालिकाले पठायो डुंगासहित उद्वार टोली 
न्यूज टुडे
भारदह, १३ असोज । 
सप्तकोशीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा टापुका २ सय ५० जना कोशीको भंगालोमा घेरीएका छन् ।  तीन दिनदेखि अविरल बर्षासंगै कोशी नदीमा पानीको सतह उच्च भएपछि गोबरगढा टापुका बासिन्दा कोशीको भंगालोमा घेरीएका हुन् । 
कोशीको बाढी बस्तीमा पसेपछि बाढी प्रभावित क्षेत्रका बासिन्दाका उद्वारका लागि आइतबार नगरपालिकाले  मेसिनबाट चल्ने  एक सयजना मानिस बोक्ने क्षमता भएको एउटा बोट ( डुंगा) पठाएर उद्वार गरिएको हनुमाननगर कंकालिनी नगरपालिका १३ का वडा अध्यक्ष कुशेश्वर प्रसाद यादवले बताए । प्रभावित क्षेत्रका बासिन्दालाई डुंगामा राखेर उद्वारको कार्य भइरहेको उनले बताए ।  उनले बाढीबाट सयौं विघा धान तथा तरकारी खेतीमा क्षति भएपनि मानवीय क्षति भने नभएको जानकारी दिए । 
गत सोमबार बिहानदेखि कोशीको बाढी बस्तीमा पसेका थिए भने तीन दिनदेखि भएको अविरल बर्षाका कारण गोबरगढाबासी थप समस्यामा परेको उनले बताए।
यसैगरी बाढीका करण नगरपालिकाको जोगोनियाँ क्षेत्रका किसानहरुले लगाएको सयौं विधामा धानबालीमा समेत क्षति पुगेको छ ।