• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आईडियलको २५औ वार्षिक साधारण सभा सम्पन्न

आईडियलको २५औ वार्षिक साधारण सभा सम्पन्न
न्यूज टुडे
राजविराज,१२ असोज । 
आईडियल वचत तथा ऋण सहारी संसथाको २५औ वार्षिक साधारण सभा सम्पन्न भएकाको छ  । संस्थाका अध्यक्ष गणेश कुमार शासको अध्यक्षतामा राजविराज स्थित जिल्ला सवन्वय समिती सभा हलमा शनिबार आयोजित एक समारोहका वीच  साधारण सभा सम्पन्न भएको हो । 
सभामा संस्थाका सम्वन्धमा अध्यक्ष सहित सचिव, कोषाध्यक्ष र लेखा समितीले प्रतिवेदन प्रसतुत गरेका थिए । अध्यक्ष गणेश कुमार आशले प्रस्तुत गरेको  प्रतिवेदन अनुसार हाल संस्थाको कुल सम्पति १ अर्ब ३८ करोड ६२ लाख ४ हजार २ सय ४९ रुपिया रहेको छ । 
२०५६ सालमा  ४२ जनाबाट संचालन भएको संस्थामा हाल  १६ हजार ४ सय २६ जना शेयर सदस्य रहेको प्रतिवेदनमा जनाएका छन् । राष्ट्रिय तथा प्रदेश स्तरमा उत्कृत स्थानमा रहेका यस संस्थाले  डिजिटल  प्रविधिको अधिकतम प्रयोग गरिरहेको अध्यक्ष आशले प्रसतुत गरेको प्रतिवेदनमा जनाएका छन् । संस्थाले हाल राजविराजमा केन्द्रिय कार्यालय वाहेक पुर्वमा हनुमाननगर र पश्चिममा पातोमा समेत सेवा दिई रहेको अध्यक्ष आशले प्रस्तुत  गरेको प्रतिवेदनमा जनाएका छन् ।
 यस्तै संचालक समिति मध्ये सचिवको प्रतिवेदन शैलेश कुमार चौधरीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार दोहोरो शेसर सदस्यलाई खारेज गर्नुको साथ साथै संचालक समिति, लेखा समिति, ऋण उपसमिति र शिक्षा उपसमितिको नियमित वैठक सम्पन्न भएको जानकारी दिए । 
 संचालक समिति मध्ये कोषाध्यक्ष मञ्जु देवी साहले आर्थिक वर्ष  २०८०।०८१को आर्थिक कार्यक्रमको संक्षिप्त  विवरण र आगामी आव २०८१।०८२ को अनुमानित विवरण  प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।
 यसैगरी लेखा समिति संयोजक दिनेश कुमार साहले संस्थाको विभिन्न निर्णय, कारोवार, नाफा नोक्सान लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 सभामा उपाध्यक्ष विद्यानन्द झा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।