उत्तम आचार्य
कञ्चनरूप, १२ असोज ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी सप्तकोशी ब्यारेज पुगेका छन् ।
कोसी ब्यारेजको पुल माथिबाट पानी बग्न थाले पछि बाढी निरीक्षण गर्न मन्त्री लेखी शनिबार साँझ कोशी व्यारेज पुगेका हुन् ।
अनुगमनकै क्रममा गृहमन्त्री लेखीले बिपदको घडीमा सबै मिलेर बिपदको सामना गर्नुपर्ने बताए । हुन सक्ने क्षतिलाई मध्यनजर गरि मधेश प्रदेशका गृह मन्त्री लेखीले प्रदेश स्थित आठ वटै जिल्लाका सुरक्षा निकाय(नेपाली सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरी) लाई उद्दार लगायतका कार्यहरुमा एलर्ट रहन निर्देशन दिए ।
उनले जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन सबै खालका उद्धार कार्यमा जुट्न आग्रह आग्रह गरे । उनले जोखिम रहेको क्षेत्रमा रहेका आम नागरीकलाई सुरक्षित स्थानमा स्थानान्तरण हुनको लागि अपिल समेत गरे ।
शनिबार साँझ ७ बजेको मापन अनुसार कोशी नदीमा जलप्रवाह ५ लाख ७९हजार, ३ सय ९० क्यूसेक रहेको छ भने आवतजावत पुर्ण रुपले ठप्प छन् ।