अविरल वर्षाका कारण तिलाठी कोईलाडी गाउँपालिकाको पाँच सयबढी घर डुबानमा परेको छ ।
वडा नम्बर ३ सकरपुरामा ७५ घर वडा ननम्बर ४ कोईलाडीको चट्टीटोल,मुखियाटोल,मुसहर वस्ती, राम टोलमा गरी पाँच सयबढी घर डुबानमा परेको हो ।
वडा नम्बर ५ को राम खंग टोलमा ५० घर, साह पण्डित टोलमा ३० घर, बनरझुलामा २० घर, कुशहामा ३५ घर, टिकुलियामा ३० घर, दास टोलमा ३० घर, डुबानमा परेको पीडितहरुले जनाएको छ । यसैगरी वडा नम्बर ७ को नवटोलियामा २५ घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
वडा नम्बर ७ को सरदार टोलका बाढी प्रभावितहरुलाई गाउँपालिकाको कार्यालयले भुजा, भुजिया, नुन, चाउचाउ र खाने तेल वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल वडा ननम्बर ल ४ का अध्यक्ष मुनिलाल मुखिया वडा नम्बर ५ का अध्यक्ष ललन प्रसाद राउत वडा ननम्बर ७ का अध्यक्ष हरि नारायण मण्डल, विपद व्यवस्थापन अधिकृत राजेश कुमार झा सहितको टोलीले शनिवार विहानदेखि वडाहरुमा स्थलगत अवलोकन निरीक्षण गरिरहेका छन् ।