किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम” राजविराजमा शनिबार सम्पन्न गरिएको छ । बिएमजेड/भिसीजेड/ड्ब्लूएचएच (BMZ/VCZ/WHH )को आर्थिक सहयोग तथा महुली सामुदायिक विकास केन्द्र (MCDC)द्वारा संचालित एकदिवसीय तालिम सम्पन्न भएको हो ।
Up-scaling WASH Systems Strengthening Approach in the Terai Region of Nepal (NPL 1082-22) परियोजनाद्वारा सप्तरी जिल्लाका अग्नीसाईर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका तथा डाक्नेश्वोरी नगरपालिकाका २७ जना महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल “किशोरी शक्ति समूह” को अगुवा किशोरीहरुलाइ “किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम” को आयोजाना गरिएको जनाइएको छ ।
किशोरावस्था हुने शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरूलाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले अगुवा किशोरीहरुलाई तालिम दिइएको पालिका संयोजक प्रमिला चौधरीले जानकारी दिइन् ।
“किशोरी शक्ति समूह, सप्तरी नेपाल; मर्यादित महिनावारीका लागि पालिका स्तरमा पैरवी तथा वकालत गर्न गठित एक सञ्जाल हो, जसमा अग्नीसाईर कृष्णासवरन,विष्णुपुर, राजगढ गाउँपालिका तथा डाक्नेश्वोरी र सप्तकोशी नगरपालिकाका किशोरीहरु सक्रिय रुपमा आवद्ध छन्”उनले भनिन्,”सञ्जाल गठन भए पश्चात निरन्तर रुपमा जिल्ला स्तरमा महिनावारी स्वच्छता व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह जस्ता विषयहरुमा तालिम, अभिमुखीकरणको माध्यमबाट क्षमता अभिवृद्धिको लागि परियोजनाले सहयोग गरिरहेको छ भने तालिम प्राप्त किशोरीहरुले आ आफ्नो स्थानबाट एकल रुपमा, साथी शिक्षकका रुपमा वा समूहमा मर्यादित महिनावारीको अधिकार प्राप्तिका लागि पालिका स्तरमा निरन्तर वहस तथा वकालत गर्दै आइरहेका छन । “
तालिमका सहभागीहरुलाई किशोरावस्थामा हुने परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराएका थिए।
तालिम पश्चात अगुवा किशोरीहरुले आगामी तिन महिनामा आ-आफनो पालिका अन्तर्गतको विधयालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य र महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि गर्ने सकने क्रियाकलापहरुको कार्ययोजना समेत बनाएका छन।