• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बिद्यार्थीले पढाइसँगै सीप पनि सिक्नुपर्छ: परविन 

बिद्यार्थीले पढाइसँगै सीप पनि सिक्नुपर्छ: परविन 
न्यूज टुडे
राजविराज, २० भदौ । 
राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनले सिकेको सीप कहिल्यै पनि खेर नजाने तथा आवश्यक परेको बेला सदुपयोग हुने भएकोले बिद्यार्थीहरूले पढाइसंगै सीप सिक्दै गएमा उनीहरू दैनिकी जीवनमा कठिनाई नआउने बताएकी छिन् ।
परिकल्पना नेपाल सप्तरीको आयोजनामा राजविराज नगरपालिका वडा नं १ मा बिहीबार बालिकाहरूका लागि सातदिने विद्युुत मर्मत तालिमको उद्घाघाटन गर्दै उनले यस्तो बताएकी हुन् । 
कार्यक्रममा बोल्दै नगर प्रमुख परविनले विद्युत मर्मत सीप संसारको जुनसुकै ठाउँमा प्रयोग हुने भएकोले यसलाई मेहनतका साथ सिकेर आवश्यक परेको बेला सदुपयोग गर्नसके जीवनमा कहिलेपनि आर्थिक समस्या नआउने बताईन् ।महिलाहरूको लागि विद्युुत मर्मत तालिम एकदमै उपयोगी रहेकोले यो पेशामा पनि महिलाहरू आउनुपर्नेमा उनले जोड दिइन्।
राजविराज नगरपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रशेखर चौधरीले बालिकाहरूले सीप सिकेर आत्मनिर्भर बन्न सक्यो भने बालबिवाह तथा महिला हिंसा न्यूनीकरण हुने बताए ।उनले परिकल्पना नेपाल सप्तरीले बालविवाह न्यूनीकरण गर्न र बालिकाहरूको जिवनस्तर सुधार्न एकदमै सहयोग गर्दै आएको प्रशंसा गरे 
 ।
लक्ष्मीप्रसाद देवकोटा आधारभूत बिद्यालयका प्रधानाध्यापक विक्रम झाले बालिकाहरूले इमानदारीताका साथ सीप सिकेर ब्यबहारमा प्रयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताए ।
प्रशिक्षक प्रमोद देवले इलेक्टि्रकल सिकेको बुझेको ब्यक्तिले कहिले पनि बेरोजगार बस्नु नपर्ने बताए । उनले सुन्दा जटिल लागेपनि गर्दै जादा सहज हुने बताए ।
 परिकल्पना नेपालकी कार्यक्रम संयोजक रिमा चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत कार्यसमिति सदस्य सवाना परविनले गरेकी थिईन् ।
 परिकल्पना नेपालकी उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित तालिममा वडाका ३० जना बालिकाहरू सहभागी रहेको परिकल्पना नेपालकी कोषाध्यक्ष डोली कुमारी सिंहले जानकारी दिईन् ।