न्यूज टुडे
राजविराज, २० भदौ ।
रेबोट स्पिरिङ्ग मिनरल वाटर प्रा.लि. काठमाडौले विभिन्न फ्लेवरको जुस बजारमा ल्याएको छ । सप्तरी स्थित कम्पनीको आधिकारिक विक्रेता साझा मार्ट राजविराजले सप्तरीमा बिहीवार पहिलो पल्ट विक्री वितरण गर्न सुरु गरेको हो ।
कम्पनीको सप्तरी स्थित आधिकारिक विक्रेता साझा मार्टले विभिन्न ६ फ्लेवरको २५० र ५०० एमएलको जुस बिहीवारदेखि बजारमा ल्याएको कम्पनीका एएसओ( एरिया सेल्स ओफिसर) आकाश बर्माले बताए । उनले कम्पनीको नयाँ उत्पादनको रुपमा रहेको सम्पुर्ण पेट बोतलको खुद्रा मूल्य ५० रुपियाँ र ९० रुपियाँ रहेको जानकारी दिए ।
अरु जुसभन्दा स्वादिलो र शक्तिवर्धक भएकोले यसको माग बजारमा अत्याधिक हुने गरेको कम्पनीका एएसओ बर्मा बताउछन् ।
कम्पनीका एरिया सेल्स म्यानेजर ( एएसएम) संजय मण्डलले उत्पादनको तीन महिना मात्रको अवधीमा कम्पनीले देशभरको सातै प्रदेशमा विक्री वितरण थालिएको बताए ।
म्याङ्गो फ्रुट, मिक्स फ्रुट, ग्वाभा फ्रुट, पाइनपल फ्रुट, लिची फ्रुट, अनार फ्रुट र निम्बु पानी गरी २५० र ५०० ए.एल पेट बोतलमा प्याक गरिएको विभिन्न ६ फ्लेवरको जुस कम्पनीले उत्पादन मितिदेखी १ बर्ष म्याद भएको उत्कृष्ट स्वाद भएको जुस बजारमा ल्याएको उनले बताए ।
राजविराज ११ का सस्तो किराना पसलका प्रमोद साहले पहिलो पटक बजारमा आएको रेबोट स्पिरिङ्गका रिफ्रेस जुस अन्यको तुलनामा अतिनै स्वादिष्ट र भरपर्दो रहेको बताए ।
रेबोट स्पिरिङ्ग मिनरल वाटर प्रा.लि.द्वारा उत्पादित विभिन्न फ्लेवरका रिफ्रेस जुस बिहिवारदेखि बजारमा विक्री गर्न सुरु गरेको साझा मार्टका विवेक आनन्दले जानकारी दिए ।